‘चुनावमा पर्यटक आउन मान्दैनन्, किनभने दक्षिण एसियामा चुनाव शान्तिपूर्ण हुन्न भन्ने छाप छ’

Advertisement

काठमाडौं । होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक साहले चुनावका कारण पार्टीका नेता कार्यकर्ताले केही होटल भरिए पनि पर्यटकीय समयमा विदेशी तथा आन्तरिक पर्यटकका कारण होटलको अकुपेन्सी बढ्न नसकेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले यो समय पर्यटकीय सिजन भए पनि आन्तरिक र भारतीय पर्यटकहरुको संख्या बढेको तर अमेरिकन, यूरोपियन, जापानी पर्यटकहरुको संख्या निकै कम रहेको बताए । ​साहले भने, ‘अहिले पर्यटकीय सिर्जन हो । टे्रकिङ र हिमाल आरोहण गर्न पर्यटकहरु आउनुपर्ने सिर्जन हो । तर खासै आएका छैनन् । कारण के हो ? भन्दा दक्षिण एसियामा चुनाव हुँदा शान्तिपूर्ण हुँर्दैन भने उनीहरुमा छाप परेको छ ।’

Advertisement

निर्वाचन आयोगले पनि नदिनुपर्ने दुई दिनको विदा दिएको उनले बताए । साहले निर्वाचनकै कारण यी दुई दिन अधिकांश होटल र रेष्टुरेन्ट नखुल्नसक्ने बताए । साहले भने, ‘त्यो दुई दिन होटल, रेस्टुरेन्टहरु खुल्छ खुल्दैन् थाहा छैन् । नारा, जुरुस बढी हुने हुँदा पर्यटकहरुको चहलपहल अल्ली कमै हुन्छ । चुनावको समयमा पर्यटकहरु यात्रा गर्दैनन् । घुम्न, छुट्टि मनाउन हिंडेका पर्यटक बाटोमै अड्किने सम्भावना धेरै हुन्छ ।’ 

चुनावको समयमा पार्टीका नेता कार्यकर्तादेखि सरकारी कर्मचारी यताउता गर्ने भएकाले आन्तरिक पर्यटकीय गतिविधि भएको देखिए पनि यसले समग्र होटल उद्योगलाई फाइदा नगर्ने उनले बताए । साहले केही होटल त्यस्ता पार्टीका कार्यकर्ता र कर्मचारीले भरिँदैमा त्यसलाई राम्रो भन्न नसकिने बताए । 

उनले होटल ४० प्रतिशत नभरिएसम्म घाटामा सञ्चालन भइरहेको हुने बताए । पार्टीका नेता कार्यकर्ता बस्दा होटलहरुलाई फाइदा नै हुन्छ भन्न नसकिने बताउँदै साहले चुनावमा विदेशी पर्यटक नै कम आउने हुँदा त्यसले बढी नोक्सान गर्ने बताए । 

अहिले प्रि–बुकिङ राम्रै भए पनि कोरोना महामारीअघि संसारभर जुन ढंगले पर्यटक भ्रमण गर्थे, त्यस्तो अहिले नरहेको उनले बताए । साहले भने, ‘त्यो बेला लाखौंको संख्यामा आउँथे पर्यटकहरु नेपालमा । कोरोनापछि हजारमा आउँछन् । सबै देशलाई अप्ठ्यारो परेको छ । देशहरु आर्थिकरुपमा सबल छैनन् । युक्रेन–रुसको युद्धले पनि भ्रमण एक्दम महँगो भएको छ । हवाई खर्च महँगो भएको छ । सो कारण पर्यटक आगमन कम नै छ ।’ 

यस समस्याको समाधान सरकारले खोज्नुपर्ने उनको भनाई छ । साहले भने, ‘समस्या समाधान भनेको नेपालले कस्तो प्याकेज दिइरहेको छ विदेशी पर्यटक भित्राउन ? त्यो महत्वपूर्ण हुन्छ । जसरी थाइल्याण्ड, मलेशिया, दुबई, मालदिभ्सले प्याकेजहरु ल्याएर अहिले पर्यटक भित्राइरहेका छन् । नेपालले भने केही नगरेको उनको गुनासो छ । 

साहले सरकार अहिले चुनावबाहेक बाहिर छैन् भन्दै हचुवाको भरमा पर्यटन दशक घोषणा गरेको बताए । उनले भने, सरकारले २०२३–२०३३ लाई पर्यटन दर्शक भनेको छ । दशक भनेको के हो ? त्यसमा के कस्तो कार्यक्रम हुन्छ ? केही छैन् । पर्यटन मन्त्रालयले ७३ बुँदे कार्यक्रम घौषणा त गर्यो ।  त्यो लागू भएको छैन् ।

साहले अहिले नेपाल गन्तव्य पदोन्नती गर्ने बेला हो भन्दै गन्तव्य पदोन्नती गरे बाहिर घुम्न निस्किन खोज्ने पर्यटकलाई नेपालमा आकर्षित गर्न सकिने बताए । नेपाल टे«किङ र हिमाल आरोहणको लागि विश्वको उत्कृष्ट गन्तव्य भएको उनले बताए । ‘नेपाललाई माया गर्ने मानिस धेरै छन् विश्वमा । उनीहरुलाई नेपाल ल्याउन सकाका छैनौं’ साहले भने । 

भारतीय पर्यटक नेपाल आउन रुचाउने गरेको सुनाउँदै उनले तर अहिले सरकारको तर्फबाट नेपाल पर्यटन बोर्डले भारतमा गएर आधिकारिक रुपमा नेपाल सामान्य भयो भनेर भन्न नसकेको बताए । साहले थपे, ‘त्यसैले गन्तव्य पदोन्नती गर्यो भने आजको भन्दा धेरै पर्यटकहरु नेपाल आउँछन् । भारतीय पर्यटकहरु पहिला धेरै जसो थाइल्याण्ड, सिंगापुर, यूरोप घुम्न जान्थे । तर कोरोनापछि त्यो संख्या निकै घटेको छ । नेपाल त्यसको लागि विकल्प हुनसक्छ ।’ 

Advertisement

Advertisement