पटक पटकको विश्वकप विजेता जर्मनलाई पराजित गर्दै जापानको ऐतिहासिक जित

Advertisement

दोहा । जापान र साउदी अरेबियाको खेलमा जस्तै आजको भएको जर्मनी र जापानको खेलमा आश्चर्यजनक नजिता देखा परेको छ । 

कुनै समयको विश्वकप विजेता जर्मनीलाई जापानले २–१ ले हराउँदै ऐतिहासिक जित हासिल गर्न सफल भयो । खेलको प्रारम्भमा पछाडि परेको जापानले अन्त्यतिर दुई गोल गर्दै जर्मनीलाई यस विश्वकपको पहलो खेलमा पराजयको स्वाद चखाएको हो । 

Advertisement

चारपल्टको विश्वकप विजेता जर्मनीले तुलनात्मकरुपमा कमजोर टिमबाट लज्जास्पद हार व्यहोर्नु परेको छ । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा इकाय गुन्डोगनको पेनाल्टी गोलमा जर्मनीले ३३ औं मिनेटमा गोल गर्दै अग्रता लिए पनि जापानका रित्सु डोआनले रिबाउन्डमा गोल गर्दै ७५ औं मिनेटमा बराबरी गरेका थिए । 

त्यसपछि ताकुमा आसानोले ८३ औं मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै जापानलाई २–१ ले अगाडि बढाए । पहिलो हाफमा आक्रामक प्रदर्शन गरेको जर्मनीले थुप्रै अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेन । तर जापान भने हावी हुँदै रह्यो । 

Advertisement