डिशहोमले टी–ट्वान्टी र युरो कप २०२४ लाई लक्षित गर्दै देशका १५ शहरमा ‘रोड सो’ गर्ने

Advertisement

काठमाडौं । डिशहोमले नजिकिँदो टी–ट्वान्टी विश्वकप क्रिकेट र युरो कप फुटबल २०२४ लाई लक्षित गर्दै देशका १५ शहरमा ‘रोड सो’ गर्ने भएको छ । 

२०८१ बैशाख २५ गतेबाट सुरु भईरहेको रेडियो अन–व्हिल्स रोड–शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा–सुविधाहरुको प्रचार–प्रसार गर्ने भएको हो । 

Advertisement

यस् कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु हुने, जहाँ महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेश लिम्बलगायतका प्रस्तोताको भूमिका रहने छ । 

यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारले पनि प्रस्तुति दिनेछन् । 

यसबाहेक थप रोमान्चक गतिविधिहरु पनि हुने भन्दै कम्पनीले जहाँ सहभागीहरुले विभिन्न खेलहरुमा सहभागी भई पुरस्कारहरु पनि जित्न सक्ने जानकारी दिएको छ । यो कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुने रेडियो अन–व्हिल्सका आयोजकले जनाएको छ । 

यो रोड–सो बैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते बिराटनगर, ३० गते जनकपुर, ३१ गते वीरगञ्ज, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भइ समापन हुनेछ ।

कार्यक्रमले देशैभर हजारौंलाई मनोरञ्जन गराउने भन्दै डिशहोमले आउँदो टी–ट्वान्टी विश्वकप क्रिकेट र युरो कम २०२४  लाई लक्षित गरी यो कार्यक्रम गर्न लागेको जानकारी दिएको छ । 

Advertisement

Advertisement