हिमालयन डिस्टीलरीले घोषणा गर्यो ७० प्रतिशत लाभांश, बोनस र नगद कति ?

Advertisement

काठमाडौं । हिमालयन डिस्टीलरी लिमिटेडले ७० प्रतिशत लाभांश घोषणा गरेको छ । 

कम्पनीको आज सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

Advertisement

कम्पनीको हाल कामय चुक्ता पूँजी १ अर्ब ५१ करोड छ । 

यसैबीच लाभांश पारित गर्न कम्पनीले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement