आईसीएफसी फाइनान्सद्वारा १० प्रतिशत लाभांश घोषणा, नगद र बोनस बराबर

Advertisement

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव लक्ष्मण जैसीले जनाएका छन् । 

Advertisement

फाइनान्सको हाल कायम चुक्ता पूँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार २ सय रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् । 
 

Advertisement

Advertisement