नेपाल इन्भेष्टमेण्ट बैंकले छैठौं पटक पायो बैंक अफ द इयर अवार्ड

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले छैठौं पटक ‘बैंक अफ द इयर २०२२’ अवार्ड प्राप्त गरेको छ । 

बेलायतस्थित फाइनान्सियल टाइम्सले बैंकले उत्कृष्ट बैंक घोषणा गरी ‘बैंक अफ द इयर २०२२’ अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हिजो लण्डनमा आयोजित एक समारोहका बीच ग्रहण गरेका हुन् । 

Advertisement

बैंकले ८८ शाखा, १३३ एटिएम, २२ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ६०  शाखारहित बैंकिङ सेवाबाट १० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको जनाएको छ ।

Advertisement