सन नेपाल लाइफको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ ।

लाभांश पारित गर्न कम्पनीको सातौं वार्षिक साधारणसभा आगामी जेठ ९ गते बस्दैछ । सोही प्रयोजनका लागि कम्पनी भोलि (वैशाख २७ गते) बुक क्लोज गर्दैछ । 

Advertisement

सभा काठमाडौं, कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रालिमा बिहान १० बजेदेखि सुरु हुनेछ । 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी तीन अर्ब २० करोड रुपियाँबराबरको २३।८० प्रतिशत बोनस शेयर र १।२५२६ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ० सहित कुल २५।०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

बोनस शेयर जारीपछि चुक्ता पुँजी तीन अर्ब ९६ करोड १६ लाख रुपियाँ कामय हुने र अपुग पुँजी कायम गर्न २७ प्रतिशत ९१ः०।२७० को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित हुनेछ । 

त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक चयन गर्ने र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने एजेन्डा छन् ।

Advertisement

Advertisement