कुमारी बैंकको एक लाख ११ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख ११ हजार १६० कित्ता शेयर बिक्रीमा राखेको हो ।

कुल कित्तामध्ये एक लाख ८ हजार ४४ कित्ता खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । त्यस्तै, बाँकी रहेको ३ हजार ११६ कित्तामा जोकोही व्यक्ति वा संघसंस्थाले खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ । 

Advertisement

शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । 

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी तथा आमसर्वसाधारणले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । 


सो समयभित्र खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Advertisement

Advertisement