गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

Advertisement

काठमाडौं । गरिमा विकास बैंकको मोबाईल बैंकिङ ‘गरिमा डिजिटल बटुवा’ बाट अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । 

बैंकका ग्राहकहरुले गरिमा डिजिटल बटुवा एपको प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्यूआर स्क्यान गरी क्यूआर मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै बैंकले नेपालपे क्यूआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ ।  

Advertisement

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्यूआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपालपे क्यूआर स्थापना र सञ्चालनमा आएको हो,जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै स्कीमको रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्कीमसँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ । 

बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरुबाट गरिमा डिजिटल बटुवा अथवा नेपालपे क्यूआरमा आबद्ध अन्य मोबाईल बैङ्गिक एप वा वालेट एप मार्फत सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् । 

बैंकले नेपालभरी १२१ वटा शाखा कार्यालयहरु र ५१ एटीएममार्फत सेवा प्रदान गरिरहेको जनाएको छ । 
 

Advertisement

Advertisement