अहिले च्याउ उम्रिएझैं होटलहरु खुलेका छन्, गुणस्तर कस्तो छ ? निरीक्षण हुनुपर्छः राजेश हमाल

Advertisement

काठमाडौं । राजेश हमालले पछिल्लो समयमा होटलहरु च्याउ उम्रिएझै खुलेको बताउँदै उनीहरुको गुणस्तर जाँचका लागि अनुगमन र निरीक्षण बढाउनु जरुरी  रहेको बताएका छन् । होटलको गुणस्तरमा पर्यटकहरुको बढी ध्यान जाने उनको भनाई छ । 

शुक्रवार काठमाडौंमा भएको नेपाल होटल अवार्ड २०२२ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले होटल व्यवसायहरु नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण क्षेत्र भए पनि गुणस्तर पनि हेर्नुपर्ने बताएका हुन् । 

Advertisement

नेपाल पर्यटनको आकर्षण केन्द्र रहेकाले धेरै भन्दा धेरै पर्यटकहरुलाई नेपाल भित्राउन सके नेपालले अर्थतन्त्रमा फड्को मार्ने हमालको भनाई छ । उनले अहिले नेपालका हातमा गन्न नसकिने होटलहरु भइसकेको बताउँदै ती होटलको व्यवस्थापन र सञ्चालन कसरी भएको छ ? भन्ने बारेमा पनि निरीक्षण हुन जरुरी रहेको बताए । 

हमालले भने ‘जुन बेलादेखि नेपालमा विदेशीहरुको लागि ढोका खुल्यो, १९६० को दशकमा त्यसपछि नेपाल एउटा पर्यटनको आकर्षण क्षेत्र हो भनेर चिनिँदै आएको हो । अहिले निर्वाचन आयोग भएको ठाउँमा रोयल होटल भन्ने नाममा एक होटल थियो । त्यसपछि सोल्टी हुँदै यहाँसम्म आइसकेका छौँ । हातमा गन्न नसकिने होटलहरु देशव्यापी रुपमा बन्दै गएका छन् । हस्पिटालिटी सेक्टर राष्ट्रको इकोनोमीको लागि महत्वपूर्ण छ । यो तलमाथि हुने बित्तिकै अर्थतन्त्रमा धेरै नै असर पार्छ ।’ 

Advertisement

Advertisement