सुपर माई हाइड्रोको आईपीओ बुधबारदेखि, स्थानीय र श्रमिकले मात्रै भर्न पाउने

Advertisement

काठमाडौं । सुपर माई हाइड्रोपावर लिमिटेडले पहिलो चरणको साधारण शेयर (आईपीओ) मङ्सिर २१ गते बुधबारदेखि निष्काशन खुला गर्ने भएको छ । 

कम्पनीले पहिलो चरणमा इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई पाँच लाख कित्ता र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । 

Advertisement

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीले इलामको आयोजना अति प्रभावित क्षेत्रका स्थानीयलाई २ लाख कित्ता र अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाका अन्य स्थानीयलाई ३ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो  । त्यसैगरी ५० हजार कित्ता शेयर नेपाली श्रमिकलाई छुट्याइएको छ ।  

आईपीओका लागि छिटोमा पुस ६ गते र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सकिने छ । नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा पुस ६ गतेसम्म मात्र आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।  

कम्पनीले इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ । 

Advertisement

Advertisement