कीर्तिमान कायम गर्ने धुनमा क्रिस्टिन र एड्रियाना, चो ओयु चढ्ने तेस्रो प्रयासमा गर्दैै

Advertisement

काठमाडौं । विश्वको छैठौं अग्लो चो ओयु हिमाल (८,२०१ मिटर) नेपालतर्फबाट तेस्रो पटक चढ्ने प्रयासका क्रममा विदेशी आरोहीहरुको टिम त्यसतर्फ प्रस्थान गरेको छ ।   

नेपाली माउन्टेन गाइड, शेर्पा सहयोगीसहित नर्वेकी ३६ वर्षे हिमाल आरोही क्रिस्टिन हरिला र बेलायती २१ वर्षीया पर्वतारोही एड्रियाना ब्राउनली मंगलबार नाम्चे पुगेका छन् । 

Advertisement

सेभन समिट ट्रेकका कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाका अनुसार नेपालतर्फबाट चो–ओयु हिमालको आरोहणको लागि नेपाली माउन्टेन गाइड, शेर्पा सहयोगी गरी छ जना मंगलबार नाम्चे पुगेका छन् । क्रिस्टिना ३६ वर्षकी छन् भने एड्रियना २१ बर्षकी छन् । 

उनीहरु भोलि बिहीबार नाम्चेबाट आधार शिविर प्रस्थान गर्ने र थामे क्षेत्रबाट चो ओयु हिमालको आरोहण गर्ने उनले जानकारी दिए । क्रिस्टिनले नेपाली कीर्तिमानी आरोही निर्मल पुर्जाले बनाएको रेकर्ड तोड्न उक्त हिमाल आरोहणको तयारी गरेकी हुन् । 

सन् २०१९ मा पुर्जाले ६ महिना छ दिनमै आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालहरुको सफल आरोहण गरी विश्व रेकर्ड बनाएका थिए । हरिला भने उक्त रेकर्ड तोडेर नयाँ विश्व कीर्तिमान कायम गर्न संघर्षरत छिन् । 

यसअघि पुर्जाको रेकर्ड तोड्न नेपाल आएकी क्रिस्टिन नेपालतर्फबाट चो–ओयु चढ्ने पहिलो प्रयास गरे पनि असफल भएकी छन् । पछि पुनः आफ्नो प्रयास जारी राख्न र चीनतर्फबाट चो–ओयु आरोहणको लागि चीनको अनुमति नपाएपछि उनी स्वदेश फर्किएकी थिइन् । 

क्रिस्टिन आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल छ महिनामा आरोहण गर्ने लक्ष्यमा छिन् । उनले तीमध्ये १२ वटा हिमाल आरोहण गरिसकेकी छन् । अब उनले 
चो ओयु र सिसापाङ चढ्न बाँकी छ । तर यी दुई हिमाल आरोहण गर्न चीनतर्फबाट मात्रै सहज हुने गरेको छ ।

त्यस्तै,  एड्रियाना विश्वको आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने सबैभन्दा कान्छी पर्वतारोही बन्ने दौडमा छिन् । उनले अहिलेसम्म १० वटा हिमाल आरोहण गरिसकेकी छन् ।

यसअघि नेपालतर्फबाट चो–ओयु हिमाल आरोहणको प्रयासमा उनीहरु सात हजार मिटर उचाईसम्म पुग्न सफल भए पनि फर्किनुपरेको थियो भने भने दोस्रो पटक पनि प्रयास विपल भएको थियो । 

Advertisement

Advertisement