इभी नेपाल मोटर्सले नयाँ शोरुम उद्घाटनसँगै नयाँ गाडी भित्र्यायो

Advertisement

काठमाडौं । इभी नेपाल मोटर्सले काठमाडौंको नक्सालमा नयाँ शोरुम सञ्चालन गरेको छ । उक्त शोरुमको आज एक समारोहका बीच उद्घाटन गरिएको हो । 

लामो समयदेखि टु–ह्वीलर्स बिक्री गर्दै आएको इभी नेपालले ग्राहकहरुको माया र सन्तुष्टीपछि फोर–ह्वीलरबाट सेवा दिलाउने उद्देश्यले उक्त शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । 

Advertisement

इभी नेपालले वीलिङ मोटर्स अन्तरगत पीटी एसजीएमएन मोटर इन्डोनेशियाको लागि उक्त शोरुम सञ्चालनमा ल्याएको हो । साथै इन्डोनेशियामा निर्मित चार सिट क्षमता भएको, अमेरिक जी मोटर्सको पनि लगानी गरेको वीलिङ एयर इभी कार लञ्च गरेको छ । 

इलेक्ट्रिक गाडी विभिन्न मोडल र रंगहरुमा उपलब्ध गरेको कम्पनीले जनाएको छ । २००/३०० किलोमिटर माइलेज रहेको, ४ घण्टा ब्याट्री चार्जिङ क्षमता र ८ वर्ष वारेन्टी सुविधा रहेको छ । 

बज्र गु्रपको इभी नेपाल मोटर्सले नेपालभरी नै डिलर सञ्जाल बढाएर बिक्री शुरुवात गर्ने लक्ष्य लिएको छ ।   
 

Advertisement

Advertisement