भोला दुलालको संघर्षपूर्ण व्यवसायिक यात्रा र देश बनाउने हुटहुटी

काठमाडौं । भोलेश्वर दुलाल व्यवसायिक क्षेत्रमा अपरिचत नाम होइन । विशेषगरी उनको राम्रो पहिचान पूर्वमा छ । विराटनगरलाई बेस बनाएर व्यवसाय गरिरहेका दुलाल सफल व्यवसायी पनि हुन् । 

भोला नामले बढी परिचित भोलेश्वर दुलाल व्यवसायिक क्षेत्रमा स्थापित हुनुअघि उनको संघर्षको यात्रा निकै चाखलाग्दो छ । मध्यम परिवारमा जन्मिएका उनी आमाकै पेटमा जम्मा छ महिनाको हुँदा बाबु गुमाउनु पर्यो । जन्मदै टुहुरो भएका दुलाललाई आमाले निकै दुःख गरेर हुर्काउनु पर्यो । दुलालले पनि संघर्ष गरेर नै पढे । 

Advertisement

अहिले भोला ४७ वर्षको भए । उनले जीवनका १७ वर्ष जेसिसको लागि बिताए । जेसिसले अगाडि बढ्न र सफलताको सिंढी चढ्न मद्दत गर्यो ।  वि.सं. २०३२ सालमा मोरङको उर्लावारीस्थित राजघाटमा जन्मिएका दुलाल भन्छन्, ‘एउटा सानो परिवारमा जन्मिएको मानिस हो । मेरो बुबा शिक्षण पेशामा हुनुहुन्थ्यो । म आमाको कोखमा हुँदा नै बुबाले छाडेर जानु भयो । त्यसपछि मलाई आमाले हुर्काउनुभयो ।’ 

उनले २०४६ सालमा एलएलसी परीक्षा उत्रिण गरे । आर्थिक अभावका कारण एसएलसीपछि दुलालले नारायण गौतमको पसलमा काम गर्न सुरु गरे । वास्तवमा उनलाई पनि बुबा जस्तै शिक्षक बन्ने इच्छा थियो । तर भाग्यले उनलाई शिक्षक बनाएन् । एउटा सफल व्यवसायी बनायो । उनी भन्छन्, ‘नारायण गौतमजीको पसलबाट मेरो जीवन नै परिवर्तन हुन पुग्यो । मैले त्यति बेला नै आफै व्यवसायी बन्ने स्रोत जुटाएर व्यवसायी बन्छु भन्ने योजना बनाए ।’ 

Advertisement

भोला दुलालको व्यवसायिक जीवनको सुरुवात ७० हजार रुपियाँ पुँजीबाट भएको थियो । सानो पुँजीबाट व्यवसाय थाल्दा धेरै अप्ठ्यारा, उकाली ओराली उनले धेरै सहे । तर दुलाल कहिल्यै आत्तिएनन् । जोखिम मोलेर उनी अघि बढ्दै जाँदा केही चुनौति आए पनि असफल भने हुन परेन् । 

दुलाल भन्छन्, ‘हामीले देख्ने सपनामा र विपनामा आफ्नो अन्तिम बिन्दु र लक्ष्य राखेर काम गर्नुपर्छ ।’ भोला दुलालले स्थापना गरेको व्यवसाय अहिले उनको श्रीमतीले हेर्दै आएकी छन् । व्यवसायको दायरा बढाउँदै लगेका उनीमाथि अहिले आफ्नो व्यवसाय मात्रै रेखदेख गर्ने जिम्मेवारी छैन्, सामाजिकदेखि राजनीतिक क्षेत्रमा समेत ध्यान दिनुपर्ने बाध्यता छ । 

देशका उत्पादनशील युवाहरु विदेशिँदै गएको, व्यापार घाटा बढ्दै गएको, निर्यात बढ्न नसकेको अवस्था देखेर चिन्तित हुने भोला दुलाल देशको राजनीतिले लय समाउन नसकेको, आर्थिक विकासले गति लिन नसकेको, संघीयताका नाममा बढ्दो फजुल खर्च देखेर दिग्दार पनि मान्छन् । 

उनी भन्छन्, ‘मलाई लाग्छ नेपालको अन्तिम विकासको लक्ष्य भनेको विदेशको सामान खपत गर्ने भन्दा पनि विदेशमा नेपाली उत्पादन पठाउने कुरा ठूलो हो ।’ अहिले दुलालसँग २६ वटा व्यवसायिक प्रतिष्ठान छन् भने तिनमा एक हजार पाँच सय कर्मचारी कार्यरत छन् ।’ 

विगत सम्झिँदै उनी पुनः थप्छन्, ‘कुनै दिन उर्लाबारी कलेजको ५० रुपियाँ तिर्न नसकेर मैले आफ्नो मामासँग सहयोग मागेको थिए । आफैले जागिर खाँदै काम सुरु गरेको थिए । अहिले राज्यका लागि केही योगदान दिनसक्ने भएको छु । यसमा गर्व पनि लाग्छ ।’

देशको संवृद्धिका लागि विलासिताका अनावश्यक सामान भित्राउन नहुने भोला दुलालको भनाई छ । उनी भन्छन्, ‘विगतको तुलनामा गाडीको संख्या बढेको छ । तर सडकको विकास निकै सुस्त छ । हामीले आयात गरेको गाडी गुड्ने सडकको गुणस्तर पनि राम्रो छैन् । हामीलाई नेतृत्व गर्नेबाट विकासको अपेक्षा धेरै गछौं । उनीहरु गर्न सक्दैनन् । गर्न चाहने र गर्नसक्ने जो छन्, उनीहरुलाई साथ दिने कोही पनि छैन् ।’ उनको भनाईमा देश बनाउन सबल नेतृत्व मुलुकले खोजिरहेको भाव झल्किन्छ । 
 
आजको दिनमा विकास बजेट चार खर्ब रुपियाँ पनि नहुनु, विनियोजित रकम पनि समयमा खर्च नहुनु, भएको रकम पनि भ्रष्टाचार र कमिशनमा बढी खर्च हुनु, बनेका भौतिक पूर्वाधार पनि गुणस्तरीय र दिगो नहुनु, विकास निर्माणमा राजनीति हावी हुनु जस्ता कुरा यो देशका लागि दुर्भाग्य हो भन्दै दुलालले देशमा व्यवसायिक गतिविधि र उत्पादन वृद्धिका लागि समस्या मात्रै हुने र तर आयात भने सहजै हुनसक्ने परिस्थिति अन्त्य नभएसम्म देशको अर्थतन्त्रमा सुधार नआउने बताउँछन् । 

उनी भन्छन्, ‘पहिलो कुरा त देशमा पैसा चलाएमान बनाउने अवस्था नै बनेन् । नेपाल राष्ट्र बैंकमा पैसा थुप्रिएको छ । देशमै व्यवसाय गर्छु भन्नेले ऋण सहजै पाउने अवस्था छैन् । उद्योग खोल्नेले सहजरुपमा व्यवसाय सञ्चालन गरेर दुई–चार रुपियाँ कमाउन सक्छु भन्ने आत्मविश्वास घट्दै गएको छ । यता विकास निर्माणको कुरामा सरकारी निकायबीच नै तालमेल छैन् । विकासका लागि भनेर छुट्टाएको बजेट खर्च गर्ने समय आउँदा अर्को बजेट आउने बेला हुन्छ । बजेटमा पनि दुनिया बेथिति र भ्रष्टाचार छ । अरु देशले गरेको प्रगति देखिरहेका जनता आफ्नो देशको अवस्थाबाट निराश भएका छन् । हामीले भनेका यस्ता कुरा उनीहरु सुन्दैनन् ।’ 

तर पनि दुलाल देश बनाउन कसैले हरेश खान नहुने र निराश हुन नहुने बताउँछन् । उनी भन्छन्, ‘सबै निराश भएर विदेश हिंड्ने हो भने यो देश कस्ले बनाउँछ ? भोलिका हाम्रो सन्ततीलाई हेरेर भए पनि यो देश सुधार्न र बनाउन लाग्नुपर्छ ।’

Advertisement