मस्कोको सपिङ मलमा आगलागी, एकको मृत्यु

Advertisement

मस्को । रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार भएको आगलागीमा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मस्को क्षेत्रमा अग्निनियन्त्रकहरूले सात हजार वर्ग मिटर क्षेत्रफल ओगटेको आगो निभाइरहेका रुसको आपतकालीन अवस्था मन्त्रालयले टेलिग्राममार्फत जानकारी दिएको छ । 

Advertisement

रुसी सञ्चार माध्यमले मस्कोको शेरेमेत्येभो एयरपोर्टबाट करिब सात किलोमिटर (चार माइल) टाढा रहेको मेगा खिम्की सपिङ मलमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको बताएको छ ।

घटनास्थलमा ७० भन्दा बढी अग्गीनियन्त्रक र २० वटा दमकलले काम गरिरहेको आकस्मिक सेवाले जनाएको छ ।  भवनको डिजाइनका कारण काममा बाधा पुगेको बताइएको छ  ।

छत भत्किँदा आगो तुरुन्तै ठूलो क्षेत्रमा फैलिएको मस्को क्षेत्रका आपतकालीन सेवाहरूले टेलिग्राममा जनाएको छ । 

मानिसहरू जलिरहेको भवनबाट भागेर पार्किङ स्थलमा पुगेका सामाजिक सञ्जालमा भएका भिडियोहरूले देखाएको छ । रासस/एएफपी 

Advertisement

Advertisement