पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन ३५ दिने माउन्टेन गाइड तालिम सुरु

Advertisement

काठमाडौं । पच्चिस जिल्लाबाट छानिएका १२० जना महिलाका लागि माउन्टेन गाइड तालिम सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहकार्यमा सञ्चालित संयुक्त परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाको सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानसंगको सहकार्यमा ३५ दिने निःशल्क तालिम शुरु भएको हो । 
 
बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले पर्वतारोहण क्षेत्रमा महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले तालिम शुरु गरिएको र यसले पर्वतारोहण क्षेत्रमा नयाँ जनशक्ति तयार हुने बताए । उनले तालिमलाई व्यवहारिक बनाउन सैद्धान्तिक तथा व्यहारिक कक्षाहरु सञ्चालन गरिने बताए । 

Advertisement

प्रतिष्ठानका कार्यकारी निर्देशक रुद्रप्रसाद चापागाईंले तालिमले पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउनुको साथै रोजगारीमा समेत योगदान पुग्ने बताए । सिमित संख्यामा मात्र तालिम दिने गरी देशैभरीबाट आव्हान गरिए पनि सहभागी हुन चाहनेहरुको संख्या धेरै भएपछि अन्तवार्ताको माध्यमबाट छनोट गरिएको उनले बताए । 

Advertisement

Advertisement