‘चितवन गार्डेन रिसोर्ट’मा विवाह भोज खाएका सयौं बिरामी, अनुसन्धान हुँदैछः हान

Advertisement

काठमाडौं । चितवनको ‘चितवन गार्डेन रिसोर्ट’ मा बिहे भोज खाएका करिब १५० जना बिरामी परेका छन् । तीमध्ये कतिपय बिरामी भरतपुरको नेशनल सिटी अस्पताल भर्ना हुन बाध्य भएका छन् । 

भोजमा सहभागी चार सयमध्ये १५० जनामा पखाला, वान्ता, ज्वरो आएको र तीमध्ये ५० देखि ६० जना अस्पताल भर्ना भएको जानकारी क्षेत्रीय होटल संघ नेपाल (हान)का अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । यो घटना तीन दिनअघिको हो । डानले १५० मात्रै बिरामी भएको दावी गरे पनि वास्तविक संख्या तीन सयभन्दा बढी रहेको पीडितहरुको भनाई छ । 

Advertisement

भना भएकामध्य अधिकांश अस्पतालमै बस्नु पर्ने गरी बिरामी भएका हुन् । बाँकी सामान्य उपचारबाट निको भएर घर फर्किएका छन् । भट्टराईले भने, ‘यो रिसोर्टमा बिहे भोज लगायतका कार्यक्रमहरु भइरहन्छ । हामीले पनि एक– दुई पटक भोज खाएको हो । त्यस्तो, ठूलो समस्या  नआउनु पर्ने । चितवन गार्डेन रिसोर्ट राम्रोमध्ये एक हो । तर अहिले यस्तो समस्या आउँदो हामी नै आश्चर्यमा परेका छौं ।’

यस विषयमा हानले अनुसन्धान गरिरहेको भट्टराईले बताए । उनले व्यवस्थापनका कर्मचारीसँग आफूहरुको कुरा भइरहेको बताउँदै व्यवस्थापनले दिएको जानकारीअनुसार अरु दिन जुन खाना खुवाउने गरेको हो, सो दिन पनि त्यही खाना खुवाइएको थियो । 

भट्टराईले भने, ‘त्यसमा कुरा के भएको हो ? के कारण यस्तो भएको हो ? भन्नेबारे जान्न टिम गठन गरेका छौं । घटनाबारे अनुसन्धान गर्दैछौं ।’ एउटा व्यवसायिक होटलमा यस्तो घुटना हुनु एक्दमै नराम्रो कुरा भएको स्वीकार गर्दै उनले यसलाई साना कुरा मान्न नसकिने बताए । खानाका कारण सयौं मानिस बिरामी परेको यस घटनाबाट आफूहरु पनि स्तब्ध भएको भट्टराईले बताए ।  

सरकारी निकायले पनि घटना अनुसन्धान गरिरहेको बताउँदै भट्टराईले विवाह भोज खाएका करिव चारसय सबैमा समस्या नआएको, करिव डेढ सयलाई फुड प्वाइजन भएको भन्ने कुरारु आएको बताए । बासी खाना खुवाएको हो वा म्याज गुज्रिएको सामान प्रयोग भएको हो वा के हो ? चिकित्सकसँग पनि परामर्श गर्ने काम भइरहेको बताउँदै उनले रिसोर्टमा स्टक रहेका सामानहरुको पनि जाँच गरिरहेको बताए । 

चितवन गार्डेन रिसोर्ट संचालनमा आएको पाँच वर्षभन्दा बढी भएको छ । ठूला व्यवसायीदेखि दातृ निकायसम्मले कार्यक्रम गर्ने यो रिसोर्ट हानको सदस्य पनि हो । तीनतारे स्तरको यस रिसोर्टलाई कारवाही गर्ने नगर्ने सम्वन्धमा भट्टराईले केही खुलाएनन् । 

Advertisement

Advertisement