सामसङद्वारा त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङमा ‘सामसङ इनोभेसन क्याम्पस’को उद्घाटन

Advertisement

काठमाडौं । इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ ।

यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिइने छ। जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउँछ।

Advertisement

सामसङ इनोभेसन क्याम्पसको शिक्षा देवेन्द्र पौडेल, सामसङ साउथ वेस्त एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्क, राजदूत पार्क चोङ सुकले गरेका थिए । पुल्चोक क्याम्पसमा आयोजित यस समारोहमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशी, रेक्टर त्रिभुवन विश्वविद्यालयका डा. शिवलाल भुसालको सहभागिता रहेको थियो ।

यसले भविष्यको प्राविधिक सीपहरूमा युवाहरूलाई तालिम दिएर नेपालप्रति प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कार्यक्रमको एक हिस्साको रूपमा युवाहरूलाई वास्तविक जागिरको लागि सीपहरू र माग अनुसारको प्राविधिक सीपहरू प्रदान गरिनेछ । जसले उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ ।

Advertisement

Advertisement