सहकारीले गरेका राम्रा कामको प्रचार भएन, समस्याको मात्रै प्रचार भयोः सहकारीमन्त्री

Advertisement

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएकी छन् । 

तरलता संकुचनको कारण सहकारी संस्थाहरु समस्यामा परेको बेला उनले यस्तो समस्या धेरै सहकारीमा नरहेको जिकिर गरिने । बिहीवार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आयोजना गरेको कार्यक्रममा श्रेष्ठलेसहकारीमा भएको समस्या भन्दा बढी समस्या जस्तो बनाएर सहकारीका समस्याहरुको प्रचार गरिएको बताइन् । 

Advertisement

उनले समस्यामा आएका सहकारी औंलामा गन्न सकिने रहेको भन्दै राम्रा कामहरुको प्रचार हुन नसक्नु दुखद् रहेको बताइन् । श्रेष्ठले राम्रा सहकारी खोज्न विदेश जानुपर्ने अवस्था नरहेको भन्दै नेपालभित्र नै राम्रा सहकारी रहेको र महिलाहरुले सञ्चालन गरेको सहकारीहरु अझ उत्कृष्ट रहेको बताइन् । 

श्रेष्ठले सहकारीमा आएको समस्या एकाध शहरमा र शहरउन्मुख क्षेत्रमा भएको भन्दै वास्तविक सहकारीको सिद्धान्त, उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन नभएको बताइन् । उनले भनिन, ‘आज हाम्रो देशमा आएको सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरेको छ । भएको भन्दा अझ बढी प्रचार गरेको छ । हाम्रोमा करिव करिव ३० हजारको हाराहारीमा सहकारी छ । संविधानको अनुसूचीमा नै कसरी सहकारी रहने भन्नेकुराको व्यवस्था गरेका छौँ । समस्या आएको छ । समस्यामा परेका सहकारी भनेका औंलामा गन्न सकिने मात्रै छन् ।’ 

एनले थपिन, ‘हाम्रो समाजमा नराम्रा कुराको प्रचार हुन समय लाग्दो हरनेछ । तर राम्रा कामको प्रचार हुँदैन । ब्याजदर बढाउनैपर्ने अवस्था हो भनेर हामी अनुगमन पनि गरेका थियौँ । अनुगमनमा हामीले राम्रो सहकारी हेर्न विदेश जानुपर्ने अवस्था रहेनछ । हाम्रा देशमै राम्रा सहकारीहरु रहेछन् । धेरै राम्रो व्यवस्थापन गरिरहेको छ । महिलाले सञ्चालन गरेको सहकारी धेरै राम्रा रहेछन् । सहकारीमा आएको समस्या एकाध शहरमा र शहरउन्मुख क्षेत्रमा हो ।’

मन्त्री श्रेष्ठले सहकारीको माध्यमबाट मुलुकमा नै रोजगारी सिर्जना गरी विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै राख्नुपर्ने अपरिहार्य आवश्यकता भएको बताइन् । युवाहरुलाई नेपालमा नै राख्न नसकेको खण्डमा केही समयमा नेपाल बालबालिका र बुढापाकाको मुलुक बन्ने स्थिति सिर्जना भएको उनको भनाई छ । 

मन्त्री श्रेष्ठले रोजगारीको सिर्जना गर्न नसक्नुको चुरो कारण पत्ता लगाइ त्यसको समाधान खोज्नुपर्ने बताइन् । उनले सहकारी सम्बन्धी ऐनहरु छरिएर रहेका कारण कतिपय अवस्थामा बाझिएको बताइन् । 

Advertisement

Advertisement