छ बर्षपछि एनसेल सरकारलाई हस्तान्तरण हुनुपर्नेमा नगर्न निकै ठूलो षडयन्त्र हुँदैछः सिंह

Advertisement

काठमाडौं । स्वतन्त्र साँसद डा. अमरेश सिंहले नियमानुसार अबको छ बर्षपछि नेपालको सरकारलाई हस्तान्तरण गर्नुपर्ने एनसेल एजियटा लिमिटेड हस्तान्तरण नगर्न निकै ठूलो षडयन्त्र भइरहेको बताएका छन् । 

योहो टेलिभिजनलाई एक दिनअघि दिएको अन्तरवार्तामा उनले दूरसञ्चारसम्वन्धी कानुनअनुसार बुट मोडल (निर्माण, सञ्चालन र हस्तान्तरण)मा २५ बर्षको लागि लाइसेन्स पाएको यस कम्पनीलाई हस्तान्तरण नगरी हत्याउन सरकारलाई तिर्नुपर्ने ५८ करोड नतिरी बसेको र अर्को साइड उसैले स्मार्ट टेलिकम नामक कम्पनी खडा गरेर बसेको बताए । 

Advertisement

सिंहले बाँकी छ बर्षमा धेरै लुट्न नपाइने भएपछि स्मार्ट टेलिकमलाई साइडमा राख्ने काम भएको र सो कम्पनीले छ अर्ब रुपियाँ राजश्व तिर्न बाँकी रहेको सन्दर्भमा कानुनको कुनै धारा देखाएर स्मार्टसेललाई लिलाम गरिदिने, फेरि एनसेलले नै त्यो कम्पनी कौडीको भाउमा किन्ने योजना रहेको सुनाए । 

लिलाम हुँदा एक अर्बमा किन्न पाइयो भने सरकारलाई तिर्नुपर्ने अरु पाँच अर्ब पनि जोगिने र सोही कम्पनीमार्फत नयाँ नाम र नयाँ लाइसेन्समा एनसेल किनेर अर्को २५ बर्ष चलाउने षडयन्त्र भइरहेको भन्दै उनले यसमा सरोकारवाला मन्त्री र प्रधानमन्त्री नै संलग्न रहेको बताए । यसवापत उनीहरुले ७५ करोड रुपियाँको डिल पनि गरेको सिंहले बताए । 
 
साथै, नेता सिंहले हालको चुनावमा सत्तारुढ दलका नेताहरुलाई १२ करोड रुपियाँ धुस दिएको पनि खुलासा गरे । एनसेलको सबै भ्रष्टाचार र कमिशनको डिल सिंगापुरमा हुने गरेको कर्पोरेट समाचारले लेख्दै आएको तथ्यलाई उनले पनि अन्तरवार्ताका क्रममा खुलाए ।

एनसेलको भ्रष्टाचारमा लामो समयदेखि माओवादी केन्द्रका नेताहरुको बढी हात रहँदै आएको र एनसेलका सीईओ याण्डी चोङले कम्पनीका नेपाली साझेदार सतिशलाल आचार्यका भाई सचिनलाल आचार्यलाई परिचालन गर्ने गरेको स्रोतको भनाई छ । ​

सतिशलालले भने सिंगापुरमा बसेर एजियटा कम्पनीका मलेसियन साझेदारसँगको सहकार्यमा एनसेलले नेपालबाट टाटा इन्टरनेशनल सिंहगापुरलाई भुक्तानी गर्ने ब्याण्डविथको मूल्य मंहंगो राखी त्यसबाट कमिशन खाने, एनसेलले खरीद गर्ने वस्तुसेवा सेवाको खरीद प्रक्रियामा पनि कमिशन खाने, नेपालका नेता, प्रशासक तथा न्यायाधीशहरुलाई नेपालमै कमिशन दिलाउने वा विदेशी बैंकमा पैसा जम्मा गरिदिने गर्दै आएको दूरसञ्चार क्षेत्रमा ठूलो लगानी गर्दै आएका एक जना व्यवसायीले कर्पोरेट नेपालसँग खुलासा गरेका थिए । 

यो पनि पढ्नुहोस्ः

एनसेलद्धारा अर्को ५८ अर्ब कर छली, तिराउन अभियान सञ्चालन गर्न लागेका छौंः डा. भण्डारी

Advertisement

Advertisement