भारतबाट फेरि घटेर आयो इन्धनको मूल्य, आयल निगम मूल्य घटाउन अझै आनाकानी गर्दै

Advertisement

काठमाडौं । इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई फेरि इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्न थालेपछि इण्डियन आयलले नयाँ मूल्यसुची पठाएको हो । 

नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपियाँ ९० पैसा, डिजेल १२ रुपियाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपियाँ ६१ पैसा घटेको हो । 

Advertisement

तर निगमले संचित नोक्सानी २५ अर्बभन्दा बढी रहेको भन्दै अहिले नै मूल्य समायोजनको संभावना कम रहेको बताएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेअनुसार नेपालमा पनि मूल्य समायोजन गर्न जनदबाब बढ्दै गए पनि निगमले संचिति घाटा पूर्ति नगरी मूल्य समायोजन कठीन रहेको तर्क गर्दै आएको हो । यद्यपि उपभोक्ताको आलोचना बढ्दै जाँदा निगम मूल्य समायोजन गर्न बाध्य हुने संभावना देखिन्छ । 

अब निगमलाई पेट्रोलमा प्रतिलिटर करिब २० रुपियाँ, डिजेलमा करिब १३ रुपियाँ नाफा छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घटेर प्रतिब्यारेल ८०.३ डलरमा झरेको छ जुन निकै ठूलो गिरावट हो । 

Advertisement

Advertisement