श्रममन्त्रीको गुनासो– जसले पठाएको रेमिटान्सले देश चलेको छ, उनीहरुका लागि केही गर्न सकिएन

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भीर रुपमा लिएको जिकिर गरेका छन् । 

आइतवार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई समाधान र सहज बनाउने विषयमा गम्भीर भएर काम गरिरहेको दावी गरेका हुन् । 

Advertisement

कुँवरले सरकारले श्रमिक पठाउने मात्रै नभएर विदेशमा गएका श्रमिकले भोग्नुपरेका समस्याको विषयमा पनि गम्भीर हुन आवश्यक रहेको बताए । उनले सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले पाएको दुःखलाई कम गर्न भए पनि सरकारले श्रमिकका हक र अधिकारलाई स्थापित गर्ने गरी नीतिहरु तय गर्न आवश्यक रहेको बताए । 

कुँवरले सरकारले वैदेशीक श्रमिकको हकमा मर्यादित र व्यवस्थित कसरी गर्ने भन्ने कुरालाई विशेष ध्यान दिन जरुरी रहेको बताउँदै वैदेशिक रोजगारीमा गएकाहरुले दुःख गरी कमाएर पठाएको रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित गर्ने काम मात्रै भएको तर श्रमिकले पठाएको रेमिट्यान्स मात्रै नभएर श्रमिकहरुले भोग्नुपरेका विषयमा सरकार गम्भीर हुन नसकेको स्वीकार गरे । 

मन्त्री कुँवरले नेपाली श्रमिकहरुलाई विदेशमा पठाउँदा श्रमिकको मर्यादा र व्यवस्थापनलाई विशेष ध्यान दिन जरुरी रहेको बताए । उनले सरकारले विदेशमा रोजगारीका लागि गएका अलपत्र गरेका नेपाली श्रमिकहरुलाई सहज बनाउने र श्रमिकको हक अधिकार प्राप्तिको लागि राज्यले अभिभावकीय रुपमा काम गरिरहेको बताए । 

उनले भने, ‘वैदेशिक रोजगारीमा गएकाहरुले दुःख गरी कमाएर पठाएको रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित गरेका छौं । रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको छ । विदेशमा गएर दुःख गरी रेमिट्यान्स पठाउने श्रमिकहरुको विषयमा सरकार गम्भीर हुन आवश्यक छ । श्रमिक पठाउँदा श्रमिकको मर्यादा र व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्छ । श्रमिक पठाएको मुलुकमा श्रमिकहरुले न्युनतम पारिश्रमिक र सुरक्षा पाएका छन् की छैनन् । विदेशमा गएर अलपत्र परेका श्रमिकलाई उद्दार गरिएको छ वा छैन ? भन्ने विषयमा सरकार गम्भीर हुनु आवश्यक छ ।’ 

श्रम सचिव एकनारायण अर्यालले २०६५ सालदेखि अहिलेसम्म १३ हजार आप्रवासी नेपाली श्रमिकहरुले काम गर्न जाने देशहरुमा ज्यान गुमाइरहेको बताए । उनले विदेशमा काम गर्ने क्रममा अङ्गभङ्ग भएर करिव १३ हजार भन्दा बढी नेपाली श्रमिक फर्कनुपर्ने अवस्था रहेको बताए । 

अर्यालले मन्त्रालयले वैदेशिक रोजगार नीतिको विषयमा सकारात्मक र नकारात्मक विषयलाई छलफल गरेर ऐन सशोधन गर्ने तयारी रहेको बताए । उनले वैदेशिक रोजगारीमा सीप नभएका व्यक्तिहरु जाँदा धेरै समस्या भोगिरहेको बताए । 

अर्यालले श्रम रोजागार मन्त्रालय खाडी मुलुकहरुमा महिलाहरुलाई विदेशमा काम गर्न पठाउने विषयमा सकारात्मक रहेको बताए । उनले खाडी मुलुकहरुमा महिला कामदार पठाउँदा धेरै दुःखहरु भोग्नुपरेको बताए । 

Advertisement

Advertisement