थाइल्याण्डको पर्यटनदूतमा बरुणी आचार्य नियुक्त

Advertisement

काठमाडौं । थाइल्याण्डको पर्यटनदूतमा बरुणी आचार्य नियुक्त भएकी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थाइल्याण्डका लागि नेपाली पर्यटन सद्भावना दूतमा उनलाई नियुक्त गरेको हो । उनी चार बर्षका लागि सद्भावना दुतमा नियुक्त भएकी हुन् । 

Advertisement

सरकारले विश्व पर्यटन बजारमा नेपालको छवि स्थापित गर्न सक्ने व्यक्तिलाई पर्यटन सद्भावना दुत नियुक्त गर्ने गरेको छ ।  

उनी थाइल्याण्डमा होटल, पर्यटन तथा निर्माण क्षेत्रमा कार्यरत छिन् । नेपाललाई आकर्षक पर्यटन केन्द्रको रुपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आफूले योगदान गर्ने बताइन् ।

Advertisement

Advertisement