सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमईः चुक्तापूँजी पौने ३६ अर्ब, अध्यक्षमा ढकाल, सीईओमा बज्राचार्य

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडूबीच मर्जरप्रश्चात आजदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको छ । ग्लोबल र बीओके १ः१ को शेयर स्वाप रेसियामा मर्ज भएका हुन् ।  

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान एक समारोहकाबीच एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । बैंकका अध्यक्ष चन्द्र ढकालको अध्यक्षतामा सञ्चालित विशेष समारोहमा मुख्यसचिव शंकरदाश बैरागी, गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल लगायत विशिष्ठ उद्योग व्यवसायीहरुको उपस्थिति रहेको थियो । 

Advertisement

यसअघि दुवै बैंकका साधारणसभाबाट ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृती प्राप्त भएपछि एकीकृत कारोबारको बाटो खुलेको थियो । 

बैकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि शनिबार र आइतबार २ दिन ग्लोबल आइएमई बैक लिमिटेडको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहेको थियो भने आजबाट सेवा सुचारु भएको छ । 

मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०८ अर्ब, कूल कर्जा रु. ३७६ अर्ब भन्दा बढि भएको छ । मर्जर पछि कूल पूँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बनेको हो ।  

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने छन् ।  

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन् । 

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक भएको छ ।  

देशकै ठूलो बैंक बनेपछि हाम्रो जिम्मेवारी झनै थपियोः चन्द्र ढकाल

ग्लोबल आइएमई बैंक र बीओकेबीच मर्जर सम्झौता

कुमारी-एनसीसीको एकीकृत कारोबार: २६ अर्ब २३ करोड चुक्ता पूँजी, अध्यक्षमा राणा, सीईओमा अर्याल 

छ वाणिज्य बैंक तीनवटा भई एकीकृत कारोबार पुसभित्रै, हिमालयन र सिभिलको कहिले ? ​

 

Advertisement

Advertisement