काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी आजदेखि एकीकृत कारोबार शुरु भएको छ ।
बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाको अध्यक्षतामा आयोजित विशेष समारोहका बीच पूर्व अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देविप्रकाश भट्टचनले एक समारोहका बीच एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । कार्यक्रममा तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ, सञ्चालकहरुसहित विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
दुई बैंक एक भई आजदेखि प्रभु बैंक लिमिटेडको नाममा एकीकृत कारोबार शुरु भएको हो ।
दुई बैंक एक भएपछि कूल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पूँजी २३ अर्ब, कूल निक्षेप २ खर्ब ८४ अर्ब, कूल ऋण लगानी २ खर्ब ५३ अर्ब, शाखा सञ्जाल ३६५, एटीएम सञ्जाल ३०९, एक्सटेन्सन काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी भएका छन् ।
उक्त अवसरमा बैंकका सीईओ अशोक शेरचनले सरल, सबल र प्रविधिमैत्री बैंक बन्नका लागि प्रयासरत रहने प्रतिबद्धता जनाए ।
प्रभु र सेञ्चुरी १ः१ को शेयर स्वाप रेसियोमा मर्ज भएका हुन । सेञ्चुरीलाई प्राप्ति पछि प्रभु बैंककै अशोक शेरचन सीईओ रहने छन् भने सेञ्चुरीका सीईओ मनोज न्यौपाने वरिष्ठ डेपुटी सीईओ भएका छन् । सञ्चालकमा ३ जना सेञ्चुरीबाट समावेश हुने यसअघि नै सहमति भइसकेको छ । प्रभुले सेञ्चुरीलाई प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सहमति पत्रमा साउन १५ गते हस्ताक्षर भएको थियो ।
प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, १ः१ स्वाप रेसियोमा सहमति
कुमारी-एनसीसीको एकीकृत कारोबार: २६ अर्ब २३ करोड चुक्ता पूँजी, अध्यक्षमा राणा, सीईओमा अर्याल
सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमईः चुक्तापूँजी पौने ३६ अर्ब, अध्यक्षमा ढकाल, सीईओमा बज्राचार्य