रत्न तथा आभुषण मेला पुस २८ बाट, भारतीय अभिनेतृ नेपाली पोशाकमा प्रस्तुत हुने

Advertisement

काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले यही पुस २८ गतेदेखि माघ १ गतेसम्म चौंथो जेम एण्ड ज्वेलरी एक्स्पो आयोजना गर्ने भएको छ । एक्स्पोबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म दरबारमार्गस्थित होटल याक एण्ड यतिमा संचालन हुनेछ । संघले हिरा, जवअरात, रत्न तथा पत्थर,आभूषण लगायतका बहुमूल्य वस्तुहरुको बिक्री वितरण गर्दै आएको छ । 

Advertisement

विगतमा कानुनी मान्यता पाउन सकस भएको यस संस्थाले अहिले मान्यता पाइसकेको अवस्था छ ।त्यस्तै, व्यवसायको विकास, रोजगारी, राजश्वमा पुर्याउने योगदानका लागि पनि संघको तर्फबाट पहल हुँदै आएको छ । 

मेलामा १८ कम्पनीको  सहभागीता रहनेछ भने प्रसिद्ध भारतीय  अभिनेतृ एवं सञ्चारकर्मी मलाइका अरोरा नेपाली पोशाक प्रस्तुत हुनेछिन् ।

यस पटकको अभुषण मेलामा आरवी डाइमण्ड ज्वलर्स, गणपति ज्वलर्स, सयपत्री, मेरिगोल्ड, डिसि डाइमण्ड लगायतको सहभागिता रहने छ । मेलाले नेपाली गहनाप्रति आकर्षण बढाउनुका साथै मौलिकता, क्षमता र भावनाको पनि उजागर हुने आयोजकको अपेक्षा छ । 

दशदेखि १५ हजार जना व्यक्तिहरुले अवलोकन गर्ने अनुमान गरिएको मेला उपभोक्ताहरुले एउटै छानामुनी आफ्नो चाहना अनुसारका नेपाली बहुमूल्य आभुषणबारे बुझ्ने र खरिद गर्ने अवसर पाउने संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले बताइन् । 

Advertisement