भृकुटीमण्डपमा इलेक्ट्रिक लाइट्स एन्ड पावर प्रदर्शनी तथा फर्मा हेल्थ प्रदर्शनी सुरु

Advertisement

काठमाडौं । नेपाल इलेक्ट्रिक लाइट्स एन्ड पावर अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्मा हेल्थ प्रदर्शनी शुक्रबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । 

मेलाको उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरे । मेलामा स्वदेशी तथा विदेशी ब्रण्डका सामानहरुको १०५ वटा स्टलहरु राखिएको प्रदर्शनीको आयोजना इन्भेष्ट प्रा.लि.ले गरेको हो । 

Advertisement

आयोजक संस्थाका सिर्जल भट्टराइले प्रदर्शनमा इलेक्ट्रिक्स तथा इलेक्ट्रोनिक्स सामानहरुका विभिन्न ब्राण्डहरु राखिएको बताए । फर्मा हेल्थअन्तर्गत फिटनेशका सामग्री, औषधि, औषधि बनाउन आवश्यक पर्ने कच्चा पदार्थ आदि राखिएको उनले बताए । 

प्रदर्शनीमा राखिएका धेरैजसो सामानहरु इण्डियन रहेको बताउँदै सिर्जल भट्टराईले नेपालमा उद्योगको स्थापना तथा उत्पादन गर्ने उद्योगहरुको स्तर कसरी बढाउने ? भन्नेबारे नयाँ प्रविधि नेपाल भित्राउने प्रदर्शनी आयोजना गरिएको बताए । उनले यस पटकको प्रदर्शनीमा नयाँ प्रविधिबाट बनेका उच्च क्षमताका लाइट्स् इन्र्भटर, ब्यट्री जस्ता इलेक्ट्रिक ब्राण्ड राखिएको बताए । 

भट्टराईले भरतपुरमा औद्योगिक तथा कृषि प्रदर्शनी गर्न लागेको जानकारी दिँदै देशभरी नै यस्ता प्रदर्शनी आयोजना गर्ने आफूहरुको योजना रहेको बताए । यस्ता प्रदर्शनीहरु आयोजना हुँदा नयाँ उद्योगहरु स्थापनामा सहयोग पुग्ने उनको तर्क छ । 

Advertisement