‘कर्पोरेट क्लाइन्ट’हरुलाई सामान बिक्री गर्ने सिजी इलेक्ट्रोनिक्सको फरक अबधारणा ‘बीटूबी’

Advertisement

काठमाडौं । चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले व्यवसायिक ग्राहक (कर्पोरेट क्लाइन्ट)हरुलाई आफ्ना सामानहरु बिक्री गर्ने फरक अवधारणा अपनाउँदै आएको छ । ठूला व्यवसायिक संघसंस्था, कार्यालय, निर्माण आयोजना, अस्पताल, सपिङ कम्प्लेक्स आदिलाई सामान बिक्री गर्न उसले बीटूबी (बिजनेश टू बिजनेश) च्यानल अपनाउँदै आएको छ । 

बीटूबी कारोबारका लागि सिजी इलेक्ट्रोनिक्समा छुट्टै विभाग नै खडा गरिएको छ । यही प्रकृतिको व्यवसाय गर्ने अरु व्यवसायिक प्रतिष्ठानले भने यस किसिमको विभाग नै बनाएर बीटूबी कारोबार गरेको देखिन्न । सिजी इलेक्ट्रोनिक्सको बीटूबी कारोबारबारे सिजी बीटूबी सेल्सका म्यानेजर सुरेश आचार्यसँग गरिएको कुराकानीः 

Advertisement

चौधरी समूहको इलेक्ट्रोनिक्स डिभिजनभित्र तीन वटा च्यानलबाट सामानहरु बिक्री हुन्छ । एउटा हाम्रो नियमित च्यानल डिलरहरु, दोस्रो अनलाइनमार्फत र तेस्रो बीटूबी च्यानल । बीटूबी डेडिकेटेड च्यानल हो । यसका लागि बीटूबी कर्पोरेट सेलिङ डिपार्टमेन्ट नै छ । यस विभागले कर्पोरेट अर्गनाइजेश (व्यवसायिक प्रतिष्ठान), ठूला सरकारी तथा गैरसरकारी कार्यालय, होटल, सपिङ कम्प्लेक्सहरुलाई सामान बिक्री गर्छ । ती ठाउँमा चौधरी समूहबाट सिधा सामान आपूर्ति हुन्छ । बीचमा कुनै मिडियटर (मध्यस्तकर्ता) हुन्न । यसरी गरिएका सबै बिक्रीलाई हामी बीटूबी सेल्स भन्छौं । 

सिजीको इलेक्ट्रोनिक्स डिभिजनमा हेर्ने हो भने बीटूबी सेल्सको आकार दुई अर्बभन्दा माथि छ । यसमा एयरकण्डिशन (एसी)देखि लिएर अरु सामानहरु समेटिएको हुन्छ । सिजी इलेक्ट्रोनिक्ससँग अहिले १३ वटा ब्राण्डहरु छन् । कर्पोरेट क्लाइन्टहरुलाई पनि सबै किसिमका सामानको आवश्यकता भइरहेको हुन्छ । उनीहरुको आवश्यकता र मागअनुसार सामान आपूर्ति गर्छौं । बीटूबीको मूल्य निर्धारण पनि फरक हुन्छ । किनभने यसमा सम्वन्धको हिसावले पनि मूल्य कायम गरिएको हुन्छ । यस्तो कारोबारमा दुवै पक्ष एकलाई अर्कोको आवश्यकता परेको हुनसक्छ । हामीले पनि यस्तो सम्वन्धमा छुट लिनसक्छौं । दिनसक्छौं । 

Advertisement

बीटूबी कारोबारमा सिधा सामान आपूर्ति हुने भएकाले बीचको मार्जिन बचत हुन्छ । त्यसले गर्दा सामानको मूल्य पनि कम पर्न जान्छ । कुनै व्यवसायिक संस्थालाई सामान चाहियो भने उनीहरुले पर्चेज अर्डर जारी गर्छ । सोही आधारमा सिजी इलेक्ट्रोनिक्सले सामानहरु आपूर्ति गरिदिन्छ । यस्तो कारोबारमा बार्टर सिस्टम (सट्टापट्टा) पनि हुनसक्छ । तर यो सीमित ग्राहकसँग हुनेगरेको छ । एकअर्कासँग लेनदेन गर्नुपर्ने कारोबार छ भने त्यस्तोमा बार्टर सिस्टम हुनसक्छ । 

बीटूबी कारोबारमा कर्पोरेट क्लाइन्टलाई मात्रै नभएर चौधरी ग्रुपलाई पनि फाइदा छ । यस्तो कारोबारले कर्पोरेट ग्राहकलाई लागत कम हुनुका साथै बीचमा कुनै अवरोधहरु हुँदैन् भने चौधरी ग्रुपलाई ‘क्रस प्रोमोशन’मा सहयोग गर्छ । उसले ग्राहकसँग चौधरी ग्रुपको सिधा सम्वन्ध पनि भयो । जस्तो होटललाई सिजी इलेक्ट्रोनिक्सले बिक्री गरेको टेलिभिजन राख्यो भने होटलमा जाने सयौं ग्राहकले कुन ब्राण्डको टेलिभिजन रहेछ ? भनेर देख्न सक्छन् । त्यसले हाम्रा ब्राण्डका टेलिभिजनहरुको प्रवर्द्धन भइरहेको हुन्छ । यो बीटूबीको सुन्दर पक्ष हो । 

ठूला कर्पोरेट क्लाइन्टहरुलाई यस किसिमको बीटूबी नभई पनि हुँदैन् । सोही कारणले पनि यस्ता ग्राहकहरु बढ्ने क्रम जारी छ । कतिपयलाई चौधरी ग्रुपमा बीटूबी विजनेश छ भन्ने कुरा थाहा नभएको पनि हुनसक्छ । उनीहरु चौधरी ग्रुपका डिलरहरुकोमा जाने क्रममा बीटूबी विजनेशबारे थाहा पाउने गरेको धेरै देखिन्छ । अन्य माध्यमबाट पनि यसबारे जानकारी बढ्दै गएकाले कर्पोरेट क्लाइन्टहरु बढ्दै गएका छन् । बीटूबीमा नियमित काम मात्रै भएको हुन्न, नयाँ कम्पनीहरु थपिने क्रम पनि भइरहेको हुन्छ । नियमित कर्पोरेट क्लाइन्टहरुलाई केही न केहीको आवश्यकता परिरहेको हुन्छ । उहाँहरुले आवश्यकताअनुसार सामानहरु माग गरिरहने र हामीले पठाइरहने क्रम चलिरहेको छ । यस्ता नियमित ग्राहकहरु पाँचसय भन्दा बढी होलान । हालसम्म सामान सप्लाइ गरेका कर्पोरेट क्लाइन्ट हजारौं छन् । 

बीटूबी आधुनिक अवधारणा हो । यो अवधारणा अरु ब्राण्डले पनि विस्तारै सुरु गर्न थालेका छन । चौधरी ग्रुपमा जस्तो छुट्टै विभाग बनाएर बीटूबी कारोबार भने अरुले नगरेको हुनसक्छ । कतिपय प्रोडक्ट बीटूबीका लागि मात्रै उपयुक्त हुन्छ । जस्तो सिनेमा घरमा प्रयोग हुने डिजिटल साइनेज (भिडियो वाल) घरमा प्रयोग हुँदैन् । स्कुल कलेजमा प्रयोग हुने इन्ज्याक्टिभ ह्वाइट बोर्ड शुद्ध व्यापारिक प्रोडक्ट हो । यी भनेका कोर बीटूबी प्रोडक्ट हो । आइसल्याण्ड (मेडिकल) रेफ्रिजिरेटर हुन्छ, भ्याक्सिनहरु राख्ने, तो प्रोडक्ट स्वास्थ्य संस्थाहरुले मात्रै खरीद गर्छन । यस्ता बस्तुको  पनि बजार बढ्दै गएको छ । 

बीटूबी कारोबारमा कतिपय ग्राहकसँग सिजी इलेक्ट्रोनिक्सले एमओयू (सम्झौता) गरेर कारोबार सुरु गर्छ भने कतिपयलाई हामी आफ्नो प्रोडक्टहरुको कोटेशन तयार गछौं र ग्राहकहरुले त्यसैको आधारमा पर्चेज अर्डर (खरीद आदेश) पठाउँछन् । यस्तो पर्चेज अर्डरलाई नै हामी आधिकारिक एमओयू मानेर कारोबार गरिन्छ । यस्तो पर्चेज अर्डरमा मूल्यदेखि शर्त र भुक्तानीको कुराहरुसम्म लेखिएको हुन्छ । 

सिजी इलेक्ट्रोनिक्सका सामानहरुको बजार मूल्य एउटा हुन्छ भने बीटूबी कारोबारका लागि अफर मूल्य अर्को हुन्छ । सबै बीटूबी ग्राहकलाई एउटै मूल्य नहुन पनि सक्छ । किनभने सम्वन्धित ग्राहकसँगको सम्वन्ध, यसले खरीद गर्ने सामानको परिमाण जस्ता कुराले पनि मूल्य फरक पर्नसक्छ । त्यस कारण बीटूबी चुनौतिपूर्ण काम पनि हो । 

चौधरी समूह नेपालको ठूलो र प्रतिष्ठित व्यवसायिक घराना भएकाले यसको बीटूबी कारोबार ठूलो हुनु स्वाभाविक भए पनि बर्षमा कति हुन्छ ? ठ्याक्कै भन्न भने सकिन्न । कुनै बर्ष कुनै ठूलो परियोजना अर्थात निर्माण कम्पनीसँग डिल भयो भने अर्को बर्ष नहुन पनि सक्छ ।