यस पटकको ‘क्यान इन्फोटेक’ विगतको भन्दा फरक हुने, एपबाट टिकट काटे शुल्कमा भारी छुट

Advertisement

काठमाडौ । कम्युटर एशोसियशन अफ नेपाल (क्यान) महासंघले यस बर्षको सुचना प्रविधिसम्वन्धी मेला ‘क्यान इन्फोटेक’ यही आउँदो माघ २४ गतेदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना गर्दैछ । 

देशकै सबैभन्दा ठूलो मेलामध्येको एक ‘क्यान इन्फोटेक’मा सुचना प्रविधिसम्वन्धी नयाँ ज्ञानकै साथै एकै छाता मुनी धेरै खालका उपकरण तथा घरायसी सामानहरु खरीद गर्न सकिन्छ । 

Advertisement

क्यानका कम्पनी सचिव चिरञ्जीवी अधिकारीले यस बर्षको ‘क्यान इन्फोटेक’ विगतका मेलाभन्दा भिन्न र व्यवस्थित हुने बताउँदै यस मेलाबाट विश्व बजारमा आएका नयाँ तथा नौला प्रविधिहरु पनि रहने बताए । 

उनले कोरोना महामारी र लकडाउनको मारमा परेका व्यवसायीहरुलाई ‘क्यान इन्फोटेक’ले नयाँ उर्जा र परिवर्तनको आभास दिने बताए । ‘क्यान इन्फोटेक’मा आफ्ना सामानहरुको बजारीकरण मात्रै नभएर करियर काउन्स्लिङ पनि हुने अधिकारीले बताए । मेलामा विद्यार्थीहरुका लागि छुट्टै प्याभिलियन, स्टार्टअप विजेनश र सफ्टवयरको छुट्टै प्याभिलियन हुने बताए । 

पाँच दिनसम्म चल्ने ‘क्यान इन्फोटेक’ मेलामा दुई सय स्टल रहने छन् भने । अधिकारीले नेपालमा सुचना प्रविधिसम्वन्धी उद्योगको विकास गर्न नीति नियममा सुधारका साथै ई–कमर्श गाइडलाइनलाई चुस्त बनाउनु जरुरी रहेको बताए । आफूहरुले मेला विदेशीदेखि सरकारी कार्यालय र ठूला साना व्यवसायीहरुलाई समेत सेवा दिँदै आएको बताउँदै अधिकारीले नेपालको इकोसिस्टमलाई कसरी अझै विकास गर्ने ? भन्ने कुरा सुचना प्रविधिको आगामी नीति, कार्यक्रम र लगानीमा भर पर्ने बताए । 

उनले मेला अवलोकनका लागि सर्वसाधारणलाई सय र र विद्यार्थीलाई पचास रुपियाँ शुल्क निर्धारण गरिएको बताउँदै टिकट विद्युतीय भुक्तानी सेवासम्वन्धी एप्लिकेशनहरुबाट पनि तिर्न सकिने बताए । त्यसरी एपमार्फत टिकट काट्दा २५ रुपियाँमा मेला अवलोकन गर्न सकिने अधिकारीले बताए । 

Advertisement

Advertisement