मलेसियाका गृहमन्त्रीलाई चन्द्रागिरि घुमायो आईएमई समूहले

Advertisement

काठमाडौं । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीलाई आईएमई समूहले चन्द्रागिरि पर्वतमा निर्माण भएको चन्द्रागिरि हिल्समा शनिबार घुमाएको छ । चन्द्रागिरि हिल्स लिमिटेडमा आईएमई समूहको मुख्य लगानी छ । 

राजधानी काठमाडौंको दक्षिण–पश्चिममा रहेको केवलकार चढेर चन्द्रागिरि हिल्स पुगेका इस्मालीलाई कम्पनीका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका थिए । त्यस क्रममा ढकालले उनलाई सो ठाउँका विभिन्न स्थानको भ्रमण गराएका थिए । त्यस क्रममा इस्मालीले चन्द्रागिरि हिल्स मलेसियाको पर्यटकीय पुर्वाधार ग्यान्टिङ हाइल्याण्डसँग मिल्दोजुल्दो रहेको बताएका थिए । 

Advertisement

आइएमईका संस्थापकद्वय चन्द्र ढकाल र हेमराज ढकाल आइएमईको व्यवसाय विस्तारका क्रममा लामो समय मलेसिया बस्दा त्यहाँको ग्यान्टिङ हाइल्याण्डबाट प्रभावित भएर चन्द्रागिरि परियोजना निर्माणमा लागेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

Advertisement