होटल बुकिङसहितका सुविधा लिनसकिने ‘मेरो डिस्काउन्ट’ अनलाइन प्ल्याटफर्म सार्वजनिक

Advertisement

ग्राहकहरुलाई अनलाइनमार्फत विशेष छुटसहितको सेवा दिने उद्देश्यले ‘मेरो डिस्काउन्ट्स’ एप सञ्चालनमा ल्याइएको छ । ओसी ग्रुपले तयार गरी सोमबार सार्वजनिक गरेको स्थानीय अनलाइन प्ल्याटफर्मले स्थानीय व्यवसायीहरुको व्यापार बढाउन तथा ग्राहकहरुलाई सेवा प्रदान गर्न मद्दत गर्नेछ । 

मेरो डिस्काउन्टस् डटकम तथा मोवाइल एनमार्फत होटलहरुको बुकिङदेखि ग्राहकहरुले खरिद गरिने विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्रदान गर्दछ । यस्तो छुटहरुमा गद छुट, प्रमो कोड, भौचर, कुपन वा अन्य रहेको ओशी ग्रुपले जनाएको छ । 

Advertisement

सो ग्रुपले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘स्वस्थ्य र स्वादिष्ट भोजन वा कुनै स्पाको आनन्द लिन तथा मनोरञ्जनात्मक क्रियाकलाप लागि मात्रै नभई मेरो डिस्काउन्ट्सबाट सपिङ मलमा किनमेल पनि सहजै गर्न सकिनेछ ।’ 

मेरो डिस्काउन्ट्सबाट मध्यम वर्गका ग्राहकहरुले पनि सेवा सुविधा उपयोग गर्न सकिने भन्दै ग्रुपले यसबाट  व्यवसायीहरुको बिक्री बढाउन र नयाँ व्यवसायीहरुलाई थप प्रोत्साहन गरी अगाडि बढ्न मद्दत पुग्ने जनाएको छ । 

Advertisement

Advertisement