नेपाल बैंकले गर्यो नागरिक लगानी कोषसँग अनलाईन कारोबारसम्बन्धी सम्झौता

Advertisement

काठमाडौं । नेपाल बैंक र नागरिक लगानी कोषले अनलाइन कारोबारबाटै योगदानकर्ताहरुको रकम जम्मा हुने व्यवस्था कार्यान्वयनसम्बन्धी सम्झौता गरेका छन् । 

बैंकका सीईओ कृष्ण अधिकारी र कोषका कार्यकारी निर्देशक रमण नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अब सरकारी कर्मचारीहरुको  बचत वृद्धि, अवकाश कोष सावधिक जीवन बीमाका लागि काट्ने रकम ईसर्भिस सफ्ट्वेयरमार्फत हुने भएको छ ।

Advertisement

कार्यक्रमममा बैंकका सीईओ अधिकारीले नेपाल बैक र नागरिक लगानी कोष बीचको व्यावसायिक सम्बन्ध कोषको स्थापनाकालदेखि रहदै आएको बताएका छन् ।

रमण नेपालले यस सम्झौतामार्फत ग्राहकहरुलाई अनलाइनबाटै कारोबार गर्दा छिटो छरितो रुपमा सेवा प्रवाह हुने बताए । 

Advertisement

Advertisement