नयाँ हवाई रुट दिन र व्यापार अवरोध हटाउन भारतीय विदेश सचिवसँग मन्त्री राईको आग्रह

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल र भारतीय विदेशसचिव विनमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सोमवार सिंहदरबारमा उनीहरुबीच भएको भेटमा विकास सहायताको विषयमा कुराकानी भएको मन्त्री राईले बताइन् । 

उनले कनेक्टिभटीअन्तर्गत हवाई यात्राको कनेक्टिभिटी विषयमा पनि कुराकानी भएको बताइन् । राईले एयरपोर्ट बनिरहेको र त्यसलाई पूर्ण रुपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको बताउँदै विमानस्थलका रुटहरु खोल्ने र व्यापार अवरोधका बारेमा पनि छलफल भएको बताइन् । 

Advertisement

मन्त्री राईले भारतबाट सामान आउँदा थाहा नभइकन सामानहरु रोकिने समस्या आएकाले त्यसका बारेमा पनि छलफल भएको बताउँदै विद्युतलाई अझै बढी उत्पादन र विद्युत बिक्रीलाई बढाउने कुरामा पनि छलफल भएको बताइन् । उनले भेटमा सम्झौता गरिसकेको कुराहरु र सफल रुपमा कार्यान्वयन गर्ने बारेमा पनि छलफल भएको बताइन् । 

मन्त्री राईले नेपालमा लगानीको वातावरण बनाउने बारेमा पनि छलफल भएको बताइन् । सचिव क्वात्रासँगको भेटमा जलवायु परिवर्तनबाट परेको असरका बारेमा पनि छलफल भएको उनको भनाई थियो । राईले जलवायु परिवर्तनको जोखिम न्युनीकरणका लागि दक्षिण एशियास्तरको बलियो संयन्त्र बनाएर विश्वको जलवायु सम्बन्धी फोरममा कसरी एउटै आवाज बनाएर लैजाने ? भन्नेबारेमा आफूले विशेष जोड दिएको बताइन् । 

उनले भनिन्, ‘हामीले विशेष गरी विकासका सहायताको विषयमा कुराकानी गरेका छौँ । कनेक्टिभिटीमा पनि जोडिएका छौँ । कनेक्टिभटी अन्तर्गत हामीले हवाई यात्राको कनेक्टिभिटीको कुरा छ । एयरपोर्ट हामीले बनाइरहेका छौँ । त्यसलाई कसरी सुचारु बनाउने ? त्यसमा रुटहरु खोल्ने । ट्रेड ब्यरियर भोगेका छौं । हामीलाई थाहा नभइकन भारतबाट आउने सामानहरु रोकिन्छन् । त्यसलाई कसरी सुचारु बनाउने ? सुनिश्चित गर्ने र थाहा नभइकन बेलाबेलामा टुुक्रिने कुरालाई कसरी चलायमान बनाउने ? भन्ने बारेमा छलफल भएको छ ।’

Advertisement

Advertisement