रक्सौल–काठमाडौं रेल्वे अघि बढ्न नसकेको बारे क्वात्रा र श्रेष्ठबीच छलफल

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच रक्सौल–कामाडौं रेल्वे निर्माणमा  भएको ढिलाईबारे छलफल भएको छ । 

नेपालमा राष्ट्रपति पदका लागि ठूला दलहरुबीच हानथाप भइरहेको बेला नेपालको दुई दिने भ्रमणमा आएका क्वात्राले मंगलबार बिहान श्रेष्ठसँग मन्त्रालयमै भेट गरेका हुन् । भेटमा श्रेष्ठले नेपालको रेलवे, नेपाल–भारतबीच भएका सन्धि–सम्झौता, भारतीय लगानीका आयोजनाका बारेमा कुराकानी भएको थियो । काठमाडौं–केरुङ रेलमार्गका लागि चिनियाँ पक्षले अध्ययन अघि बढाए पनि काठमाडौं–रक्सौल रेलका लागि कुनै काम अघि बढेको छैन् । 

Advertisement

क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको आग्रह गर्नुका साथै  रेलवे सञ्चालनका लागि नेपालमै प्राविधिक जनशक्ति उत्पादन गर्न सल्लाह दिएका थिए । 

साथै, क्वात्राले उपप्रधानमन्त्री श्रेष्ठसँग अरुण तेस्रो आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) चाँडै निर्माण गरिदिन पनि आग्रह गरेका थिए । 

Advertisement

Advertisement