सुनचाँदी व्यवसायमा देखिएको समस्या समाधान गर्न दबाबमूलक कार्यक्रम गर्ने दुई महासंघ सहमत

Advertisement

काठमाडौं । सुनचाँदीको व्यापारमा देखिएको समस्या समाधान गर्न व्यवसायीहरु एकमत भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यालयमा शुक्रबार सम्पन्न कार्यक्रममा उनीहरुले सुनचाँदी व्यवसायीहरुले भोग्नुपरेका समस्या समाधान गर्न एकतावद्ध भई अगाडि बढ्ने निर्णय गरिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको आयात रोक्किएकाले नेपालमा पनि सुनको अभाव सिर्जना भई व्यवसायी र उपभोक्ता दुवैले समस्या भोग्नुपरेको भन्दै व्यवसायीले एक कार्यदल बनाउने सहमति पनि गरेका छन् । 

Advertisement

आजको बैठकमा सुनचाँदी रत्न तथा आभुुषण महासंघका प्रतिनिधि पनि सहभागी थिए । पछिल्लो समय सुनको आपूर्ति पर्याप्त मात्रामा नभएको, सुरक्षा निकायले अनावश्यकरुपमा व्यवसायीहरुलाई दुःख दिएको, व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीति, नियम, निर्देशिका बनाउन राज्यले चासो नदेखाएको, भन्सार नाकावाट वैध तरिकाले ल्याइएका सुनका गहनाहरु पक्राउ गरेर अनावश्यक दुःख दिने काम भएको भन्दै दुवै महासंघका प्रतिनिधिले संयुक्तरुपमा दबाबमूूलक कार्यक्रम गर्ने निर्णय गरेका हुन् । 

कार्यदलमा दुवै महासंघका प्रतिनिधि राखिने छ । कार्यदलले तय गर्ने खाकाअनुरुप कार्यक्रम अगाडि बढाउने सहमति भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

उनले भने, ‘दुवै महासंघका प्रतिनिधि रहने गरी बन्ने कार्यदलले नीति नियम बनाउन सम्बन्धित निकायमा पहल गर्ने, काच्चा सुनको पर्याप्त आपूर्तिकालागि ब्यवस्था मिलाउन आग्रह गर्ने, व्यवसाय सञ्चालन काक्रममा देखापरेका समस्या समधानका लागि संयुक्तरुपमा पहल गर्ने र आवश्यक परे आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गर्ने सहमति भएको बताए ।’

Advertisement

Advertisement