आईएमएफको दबाब रहेको भन्दै राष्ट्र बैंकले नै एनबीएलाई ब्याजदर घटाउन रोकेको खुलासा

Advertisement

काठमाडौं । नेपाल बैंकर्स एशोसियशनले ब्याजदर घटाउने खोज्दा नेपाल राष्ट्र बैंकले रोकेको खुलासा भएको छ । ब्याजदर नघटाउन अन्तर्राष्ट्रिय मुद्रा कोष –आईएमएफ)को दबाब रहेको भन्दै राष्ट्र बैंकका गभर्नरले एशोसियशनका अध्यक्ष सुनिल केसीलाई रोकेका थिए । 

एशोसियशनका एक सदस्यले भने, ‘हाम्रो अध्यक्षले यो महिनादेखि ब्याजदर घटाउन कुरा गर्न जाँदा उहाँलाई हौकाएर फिर्ता पठाउने काम भयो । ब्याजदर धेरै भयो । घटाउनुपर्छ भन्नेमा नै हामी थियो । राष्ट्र बैंककै कारण घट्न नसकेको हो ।’

Advertisement

उनका अनुसार तत्काल ब्याजदर नघटाउन आईएमएफले चर्को दबाब दिएको अहिले ब्याजदर नघटाउन राष्टै बैंक नेतृत्वले निर्देशन दिएको थियो । ब्याजदर घटाउन सुरु गरेको भए अहिले बैंकिङ क्षेत्रप्रति नकारात्मक धारणा विकास हुने र ऋणी तथा व्यवसायीहरुले आन्दोलन गर्नुपर्ने परिस्थिति हुन्थेन भन्दै उनले ब्याजदर धेरै भयो, घट्नुपर्छ भन्ने सोच सबै सीईओहरुमा रहेको बताए । 
 

Advertisement

Advertisement