सिंहदरबारभित्रकै क्यान्टिनमा कुहिएको र म्याद गुज्रिएका खाद्य वस्तु, तीन लाख जरिवाना

Advertisement

काठमाडौं । राज्यको प्रशासनिक केन्द्र सिंहदरवार परिसरमा रहेको केन्द्रीय क्यान्टिनमा कुहिएको र म्याद गुज्रिएका खाद्य वस्तु भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आईतबार गरेको आकस्मिक अनुगमनमा अखाद्य वस्तुहरु भेटिएको हो । 

विभागको बजार निरीक्षण अधिकृतको टोलीले आइतबार गरेको अनुगमनको क्रममा क्यान्टिनमा खान योग्य अवधी सक्किएका तथा लेबल नभएका मसला र दुग्धजन्य पदार्थका साथै दुर्गन्धित मासु र तरकारी फेला परेको हो । 

Advertisement

टोलीले ती सबै वस्तुहरू तत्कालै नष्ट गरेको थियो । टोलीले उक्त क्यान्टिन सञ्चालन गर्ने  कञ्चन चमेना गृह र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरितको कसुर गरेको भन्दै तीन लाख रुपियाँ जरिवाना पनि गरेको छ । 

Advertisement

Advertisement