सडक विस्तारका लागि अब नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नहुने

Advertisement

काठमाडौं । सडक विस्तारका लागि भन्दै हरेक दिन चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डाको सवारी आवागमन अब बन्द नहुने भएको छ । 

उक्त खण्डमा सडक विस्तार र पुल निर्माणका लागि भन्दै गत पुस ५ गतेदेखि दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र माघ ५ बाट मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म बाटो बन्द गरिँदै आएको थियो । 

Advertisement

नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी आवागमन भोलि आइतबारदेखि चौबिसै घण्टा सुचारु हुने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको हो । सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्दै आएका थिए । 

सडक विस्तार र स्तरोन्नतीका क्रममा सो खण्डमा १५ वटा पुल बनाउने काम भइरहेको छ । 

Advertisement

Advertisement