नेप्सेमा सूचीकृत कम्पनीको संख्या २४६ पुग्योः सात महिनामा पौने ६५ अर्बको आईपीओ सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ खर्ब ५० अर्बको थप धितोपत्र सूचीकृत भएको छ । 

आव २०७९/८० को साताको महिनामा उक्त धितोपत्र नेप्सेमा सूचीकृत भएको हो । सबैभन्दा बढी आईपीओ ६४ अर्ब ७५ करोड रुपियाँको सूचीकृत भएको हो । 

Advertisement

३५ अर्ब बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपियाँ बराबरको ऋणपत्र, १४ अर्ब ३२ करोडको बोनस शेयर, ४ अर्ब ४९ करोड रुपियाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ६७ करोड रुपियाँ बराबरको हकप्रद शेयर सूचीकृत भएको हो । 

नेप्सेले ९ अर्ब २० करोडको ऋणपत्र, ७ अर्ब ७५ करोडको म्युचुअल फण्ड, ४ अर्ब ५८ करोडको आईपीओ, ९५ करोडको हकप्रद गरी सात महिनामा २२ अर्ब ४८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनको लागि अनुमति दिएको थियो । 

माघ मसान्तसम्मको तथ्याङ्क अनुसार नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २४६ छ । ती मध्ये १४६ बैंक, वित्तीय संस्था र बीमा कम्पनी छन् । त्यसैगरी ६३ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका छन् । २०७८ माघमा भने सूचीकृत कम्पनीहरुको संख्या २२६ मात्रै थियो । 

सूचीकृत कम्पनीहरु मध्ये बैंक, वित्तीय संस्था र बीमा कम्पनीको बजार पूँजीकरणको हिस्सा ६५.८ प्रतिशत, जलविद्युत कम्पनीको १२.९ प्रतिशत, लगानी कम्पनीको ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ४.१ प्रतिशत, होटलको १.८ प्रतिशत, ब्यापारितक संस्थाको ०.४ प्रतिशत र अन्य समूहको हिस्सा ८.२ प्रतिशत रहेको राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको रिपोर्टमा उल्लेख छ । 
 

Advertisement

Advertisement