आफ्नो कर्मचारीमाथि भएको आक्रमणप्रति एनआईसी एशिया चिन्तित, सिविफिनको पनि विरोध

Advertisement

काठमाडौं । आफ्ना कर्मचारीमाथि भएको सांघातिक आक्रमणप्रति एनआईसी एशिया बैंकले विरोध जनाउँदो दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ । साथै, नेपाल बैंक तथा वित्तीय संस्था परिसंघले पनि उक्त आक्रमणप्रति चिन्ता जनाएको छ । 

यसअघि जाजरकोटमा लघुवित्त संस्थाका कर्मचारीमाथि गरिएको दुव्र्यवहार, मकवानपुरस्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र कार्यालय बन्द पछि आज म्याग्दीस्थित एनआईसी एसिया बैंकका शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि नियोजितरुपमा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको बैंक र सिविफिनले बताएका छन् । 

Advertisement

यस घट्नाको दुवै संस्थाले घोर भत्र्सना गर्दै बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत सरकारसँग माग गरेका छन् । 

वार्ता तथा संवादको माध्यमबाट समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि सरकार र सम्वन्धित पक्षसँग अपिल गरिरहेकै बेलामा बैंकका कर्मचारीमाथि गरिएका हिंस्रक आक्रमणले शान्ति सुरक्षाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्थामाथि नै प्रहार भएको उनीहरुको भनाई छ । 

आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी  बैंकिङ सेवालाई निर्वाधरुपमा संचालन हुने वातावरण सिर्जना गर्न सिविफिनले आग्रह गरेको छ । 

Advertisement