केरा व्यवसायबाट उँभो नलागेपछि विदेशिए, फर्किएर उद्योग खोल्दा आयात र चोरीपैठारी चुनौति

Advertisement

काठमाडौं । एक जना साना उद्यमीले आयातित र चोरी पैठारीका कारण आफूहरुलाई व्यवसाय गर्न निकै कठिनाई भोग्नुपरेको गुनासो गरेका छन् । 

चितवनमा १५ बर्ष केरा व्यवसाय गर्दा पनि उँभो लाग्न नसकेपछि विदेश पलायन भएर पुनः नेपाल फर्की कापी उद्योग खोलेका राजेन्द्र सिम्खडाले आफूहरुका लागि इण्डियाबाट बैध र अवैधरुमा भित्रिएका कापीहरु मुख्य चुनौति बनेको बताए ।

Advertisement

उनले भने, ‘बजारमा आउने धेरै खालका ब्राण्ड बिनाका कापीले समस्या बनाएको छ । इण्डियाबाट आयात त्यस्तै छ । चोरी पैठारी भएर कति कापी आउँछ ? त्यसको रेकर्ड नै देखिन्न । सरकार यहाँका स्वदेशी उद्योगलाई पटक्कै सहयोग र संरक्षण गर्दैन् ।’ खुद्रा बिक्रेताहरुले निकै सस्तोमा आफूहरुसँग सामान लिन खोज्ने र समयमा पैसा भक्तानी नगर्ने समस्या रहेको छ । 
 
देशमा उद्योग व्यवसाय फस्टाए मात्रै अर्थतन्त्रको पनि विकास हुने र रोजगारी पनि बढ्ने उनको भनाई छ । सिम्खडाले चोरी पैठारी, आयात र बिना दर्ता कापीको अवैध कारोबार रोक्न सके स्वदेशी कापी उद्योग केही फस्टाउन सक्ने भन्दै सिम्खडाले गैंडाकोट कागज कारखाना बन्द हुनु, नयाँ कागज कारखाना खुल्न नसक्नु, विदेशबाट कागज आयात गरेर कापी उत्पादन गर्नु नेपालको लागि दुर्भाग्य भएको बताए । कापी उद्योग सञ्चालन गर्न अहिले भारतबाट कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यता छ । 

ए वान कपी एण्ड स्टेसनरी प्रालीमार्फत कापी उत्पादन गरी बिक्री गर्दै आएका उनले सुरुमा १५ बर्ष चितवनमा केराको व्यवसाय गरेका थिए । त्यसबाट फाइदा हुन नसकेपछि सिंम्खडा कामको खोजीमा दुवई गए । दुवईबाट फर्किएपछि उनले कापी उद्योग खोलेको सात बर्ष भयो । 

राधजानीको म्हैपीमा कापी उत्पादन गर्दै आएका सिम्खडाले ४० लाख रुपियाँ खर्च गरेर यो व्यवसाय सुरु गरेका हुन् । यस व्यवसायबाट अहिले सन्तोषजनक फाइदा भए पनि अस्वस्थ प्रतिस्पर्धा र आयातित सामानको मारमा आफूहरु परेको उनले सुनाए । सिम्खडाको उद्योगमा अहिले छ जनाले रोजगारी पाएका छन् । 

अहिले राजधानीभित्र साना तथा ठूला गरी दुई सय जति कापी व्यापारीले कापी बिक्री गर्ने गरेको अनुमान छ । उनीहरुमध्ये कपी आधा मसलन्द तथा शौक्षिक सामग्री उद्योग संघमा आवद्ध छन् । 

सिम्खडाले आफ्नो कारखानामा उत्पादन भएका कपी राजाधनी काठमाडौंबाहेक धादिङ, नुवाकोट, काभ्रे, दोलखालगायतका जिल्लामा बिक्री गर्दै आएका छन् । कापी बढी बिक्री हुने सिजन चैत र वैशाख भएको उनले बताए । सिम्खडाको उद्योगमा कापी उत्पादन गर्ने साना ठूला गरी वटा मेशिन छन् । बढ्दो सञ्चालन खर्चका बीच पनि यही व्यवसायमा टिक्दै आएका उनले अनाथालयहरुलाई पनि सहयोग गर्ने गरेका छन् । 

Advertisement

Advertisement