स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्योग विकास आवश्यकता छः श्रममन्त्री अर्याल

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मुलुकभित्रै रोजगारी सिर्जनाको लागि लघु, घरेलु तथा साना उद्योग स्थापना आजको आवश्यकता भएको बताएका छन् । 

बुधवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा उनले हरेक दिन विमानस्थलका विदेश पलायन भइरहेका फोटोहरु सामाजिक सञ्जालमा देख्ने अवस्था अन्त्यको लागि मुलुकभित्रै रोजगारी सिर्जना आवश्यक रहेको बताए । 

Advertisement

अर्यालले सरकारले अब हरेक कार्यक्रम त्यही नीति अनुरुप गर्ने तयारी रहेको बताए । उनले विदेशबाट फर्कने नेपाली नागरिकहरुलाई मुलुकभित्रै स्वरोजगार बनाउनको लागि सीपमुलक क्षेत्रमा काम गर्न नसकिएको स्वीकार गरे । अर्यालले सबै प्रदेश र स्थानीय सरकारसँग मिलेर श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गर्ने तयारी गरेको बताए । 

उनले सरकारको अबको  प्रयास देशमा नै रोजगारी सिर्जना गर्ने रहेको बताए । अर्यालले भने, ‘मुलुकभित्रै रोजगारी सिर्जनाको लागि लघु घरेलु तथा साना उद्योग स्थापना गर्नु अहिलेको आवश्यकता हो । हामीले हरेक दिन विमानस्थलका फोटाहरु सामाजिक सञ्जालमा देख्ने गरेका छौं । तर विदेशमा गएर फर्कने नेपाली नागरिकहरुलाई मुलुकभित्रै स्वरोजगार बनाउनको लागि रोजगार सिर्जना गर्नको लागि सीपमुलक क्षेत्रमा काम गरेको देखिएन ।’ 

उनले थपे, ‘श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गर्ने तयारी गरेका छौं । सबै प्रदेश र स्थानीय सरकारसँग मिलेर हामीले आयोजना गर्दैछौं । अबको हाम्रो प्रयास भनेको देशमा नै रोजगारी सिर्जना गर्नु हो । त्यसको लागि सरकारले सीप सिकाउन जरुरी हुन्छ । आउने दिनमा सिटिभिटि र सीप विकास प्रशिक्षणमार्फत सीप सिकाउने प्रयास गरिरहेका छौं । नेपाली उत्पादनलाई सरकारी निकायहरुमा प्रयोगमा ल्याउने विषयमा नीतिगत रुपमा व्यवस्था गरी ल्याउने प्रयासमा छौं ।’

उनले सरकारले सिटिभिटि र सीप विकास प्रशिक्षणमार्फत श्रमिकहरुलाई सीप सिकाउने प्रयास गरेको बताए । अर्यालले नेपाली उत्पादनलाई सरकारी निकायहरुमा प्रयोगमा ल्याउने विषयमा नीतिगत रुपमा व्यवस्था गरिने बताए । 

Advertisement

Advertisement