शेयर बजारमा झिनो सुधारः एक अर्ब पनि पुगेन कारोबार, एनआईसी एशियाको सबैभन्दा बढी

Advertisement

काठमाडौं । बुधबार शेयर बजारमा झिनो सुधार देखिंदा कारोबार रकम भने अर्ब भन्दा तल झरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.०२ अंकले बढेको हो । ०.०५ प्रतिशतल बजार उकालो लाग्दा नेप्से परिसूचक १९१९.४२ अंकमा उक्लिएको छ । 

Advertisement

आज २५८ कम्पनीका २५ लाख ३९ हजार ४८ कित्ता शेयर किनबेच हुँदा ८१ करोड ६२ लाख १९ हजार १ सय २९.७६ रुपियाँ बराबरको मात्रै कारोबार भएको हो । 

बजारमा झिनोमात्रै सुधार आउँदा आज सुपरमाई हाइड्रो र कालिञ्चोक दर्शन प्रालिका लगानीकर्ताहरुले क्रमशः १० र ९.९९ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी खप्तड लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.४१ प्रतिशतले घाटा व्यहोरेका छन् । 

एनआईसी एशिया बैंकको आज उच्च कारोबार भएको छ । उक्त बैंकको ३ करोड ५६ लाख ९५ हजार ८ सय ६६.१० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २६.८७ अंकले बजार घट्दा १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५ सय ३१.०३ रुपियाँ, सोमबार १७.७० अंकले बजार बढ्दा १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९ सय ९१.८४ रुपियाँ र हिजो मंगलबार १२.१० अंकले बजार बढ्दा  अर्ब ४४ करोड ३७ लाख १३ हजार ८ सय ७८.३१ रुपियाँ  बराबरको कारोबार भएको थियो ।     
 

Advertisement

Advertisement