अमेरिकी पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक गतिविधि गरेको आरोपमा मुद्दा

Advertisement

काठमाडौ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक गतिविधि गरेको अभियोग मुद्दा दर्ता भएको छ । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा पूर्वपोर्नस्टार स्ट्रोमी ड्यानियल्सलाई चुप लगाउन एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।

राष्ट्रपति भइसकेको व्यक्तिलाई आपराधिक गतिविधि गरेको अभियोगमा मुद्दा खेप्ने ट्रम्प संभवतः पहिलो हुन् । उनले ड्यानियल्सलाई रकम दिनुको स्पष्ट कारण नखुलाई व्यापारिक प्रयोजनका लागि भनेका थिए । ट्रम्पले गैरकानुनी ढंगले रकम दिएको आरोपसहित मुद्दा दायर गरिएको हो । 

Advertisement

आगामी राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवार हुने योजना बनाएको बेला उनीविरुद्ध मुद्दा दायर गरिएको हो । ट्रम्पले आप्रवासीहरुको कारण अमेरिकी रैथाने वासिन्दा र संस्कृति जोखिममा परेको भन्दै सो पक्षमा आवाज उठाउँदै आएका छन् । 

Advertisement

Advertisement