चाँडै फरक विशेषताको नयाँ स्मार्ट फोन भित्राउने तयारी

अम्बे समूहले बिक्री गर्दै आएको बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की

Advertisement

काठमाडौं । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छन् । यो मोवाइल विगत पाँच बर्षदेखि अम्बे समूहको इन वान कम्पनीले नेपालमा बिक्री गर्दै आएको छ । 

बिहीबार नायिका कार्की र कम्पनीका बिक्री तथा बजार प्रवन्धक शंकर मैनालीले ब्रान्ड एम्बेस्डर नियुक्तिसम्वन्धी सम्झौतामा हस्ताक्षर गरे । बेन्को ब्रान्ड बजारको प्रतिस्पर्धी ब्रान्डमध्ये धेरै विशेषता भएको सुपथ मूल्यमा उपलब्ध ब्रान्ड भएको कम्पनीको भनाई छ । नायिका कार्की एक बर्षलाई यस ब्रान्डसँग अनुबन्धित भएसँगै फोनको बिक्री बढ्ने अपेक्षा कम्पनी रहेको छ । 

Advertisement

कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्ट फोन मोडल बेन्को एस वान लन्च गर्न लागेको पनि बताएको छ ।
 

Advertisement

Advertisement