आज (चैत २९)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल चैत्र महिनाको २९ गते बुधबार, वैशाख कृष्णपक्षको सप्तमी तिथि ।

मेष 
आम्दानीमा केही बृद्धि हुने छ । पारिवारका सदस्यहरुले प्रशंसा गर्ने छन् । आम्दानीमा केही हुने छ । मेहनति र पराक्रमी भाव मनमा आउने छ जसले गर्दा कार्य सफलता प्रदान गर्ने छ । शान्त स्वाभावको ब्यक्तित्व हुने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा केही समस्याहरुका मात्रा देखा पर्ने भएकाले संयम भने रहनु पर्ने देखिन्छ । शेयर क्षेत्र चुनौतिपूर्ण रहने छ । 

Advertisement

वृष 
भाग्यको बलियो साथ रहेको छ भने भित्रि बुद्धि पनि सक्रिय हुने भएकाले कार्य सफलता मिल्ने छ । परिवारको साथ रहने हुनाले कठिनाईका क्षणहरुमा आड भरोषा प्राप्त हुने छ । पेशागत जीवनमा अवरोध तथा बिबादहरु देखा पर्ने भएकाले धैर्य भएर निर्णयहरु लिनु होला । साझेदारीमा गरिएका कामहरुमा साझेदारहरु बीच द्वन्द देखा पर्न जाने छ । शेयर क्षेत्र सकारात्मक हुने छ । 

मिथुन 
नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व हुने छ । रिस धेरै उठ्ने भएकाले यसबारेमा सतर्क रहनु होला । पेशागत जीवन धेरै सकारात्मक नभए पनि निराशाजनक पनि हुने छैन् । भाग्यहिनताको अनुभुतिले सताउने छ । रोजगारी तथा ब्यावसायमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । शेयर बजार अनुकुल रहने छैन् । 

कर्कट
मनमा उत्साह र उमङ्ग देखा पर्ने छ । धन सम्पत्तिमा बृद्धि हुने छ । पेशागत र ब्यावसायिक जीवनको हकमा पनि समय सकारात्मक बन्न पुगेको छ । आत्माबल बलियो रहने छ । आँटेका कामहरु पुरा हुने छन् । नेतृत्वदायी भूमिका प्राप्त हुने छ भने नेतृत्व गर्ने क्षमतामा पनि बृद्धि हुने छ । बोलीको प्रभाव बढ्ने छ । शेयर बजार अनुकुल देखिन्छ ।

सिंह
भाग्य बलियो रहेको छ । दृढ ब्यक्तित्व हुने छ । समय सकारात्मक रहेको छ । पेशागत र ब्यावसायिक जीवनमा अनुकुलता रहने छ । राखिएका लक्ष्य प्राप्त हुने छन् भने आम्दानीमा पनि बृद्धि हुने छ । शौखिन क्षेत्रका व्यवसायमा संलग्नहरुलाई नाफाको मात्रामा बृद्धि हुने छ । शेयर क्षेत्र आंशिक अनुकुल रहने छ । 

कन्या
समय प्रतिकुल रहेकाले संयमित रहँदा ठिक हुने छ । मनमा दुविधाको मात्र बढ्ने छ । सुख सुविधामा कमि आउने छ । आफूलाई प्राप्त जिम्मेबारी निर्वाह गर्न नसक्दा आफूप्रतिको विश्वास र भरोसामा कमि आउने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द र बिबाद देखा पर्न पुग्ने छन् । कार्यालय तथा ब्यावसायमा समकक्षीहरुसँग कटुता बढ्ने समय सक्रिय छ । शेयर क्षेत्र सतर्क रहनु पर्ने खालको हुने छ । 

तुला 
अरुको विश्वास जित्न सकिने छ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । पेशागत जीवनमा बिबादका क्रम देखा पर्ने भएकाले सतर्क रहनु होला । मनमा दुविधाको क्रम रही रहने छ । मनमा आउने दुविधाले निर्णय क्षमतामा कमि ल्याउनुका साथै पाएको जिम्मेबारी निर्वाह गर्न कठिनाई गराउने छ । शेयर क्षेत्र औसत खालको रहने छ । 

वृश्चिक
मनोबलमा कमि आउने छ । यसले दुविधात्मक ब्यक्तित्व बनाउने भएकाले कार्य सम्पादनमा जोश तथा जाँगरको कमि हुन जाने छ । शरीरमा कमजोरीहरु देखा पर्ने छ । साझेदारीका कामहरु भने सकारात्मक दिशामा अघि बढ्ने छन् । घर जग्गाको कारोवारमा संलग्नहरुका लागि समय अनुकुल रहने छ । शेयर क्षेत्र सकारात्मक रहने छ । 

धनु 
प्रभावशाली ब्यक्तित्व हुने छ । बोलीको प्रभाव बढ्ने हुँदा मानिसहरुको विश्वासमा पनि बृद्धि हुने छ । पेशागत तथा ब्यावसायिक क्षेत्र एक हदसम्म सकारात्मक देखिन्छ । भाग्यको बलियो साथ रहेको छ । शैक्षिक र बौद्धिक क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ । शेयर बजार केही सकारात्मक बन्ने छ । 

मकर 
समय प्रतिकुल देखिन्छ । मनमा दुविधाका क्रम धेरै देखा पर्न जाँदा निर्णय क्षमतामा कमि आउने छ । पेशागत जीवन औसत रहने छ । परिवारका सदस्यहरुका बीचमा कटुता देखा पर्ने भएकाले सकभर बिबादमा नफस्दा राम्रो हुने छ । भाग्यहिनताको अनुभुतिले गर्दा उत्साह र उमङ्गमा कमि आउने छ । शेयर क्षेत्र संयमित रहनु पर्ने खालको देखिन्छ । 

कुम्भ 
उच्च मनोबलको ब्यक्तित्व हुने छ । भाग्यको बलियो साथ रहेकाले देखा परेका अबरोधहरु छिचोल्ने तागत पनि सृजना हुने छ । पैतृक सम्पत्तिका विषयमा परिवारमा विवाद उत्पन्न हुन जाने छ ।  जीवनसाथिको साथ लिएर कार्यहरु गरेमा आम्दानीमा बृद्धि हुने छ, राखेका लक्ष्यहरु पुरा हुने छन् । शेयर बजार अनुकुल रहने छैन् । 

मीन
दृढ प्रकृतिको ब्यक्तित्व हुने छ । कडा र रिसाहापनामा पनि बृद्धि हुने भएकाले यसबारेमा संयम रहनु होला । पारीवारिक सदस्यहरु बीच मिलन हुने छ । आम्दानी गर्छु भनि राखिएका लक्ष्य पुरा नहुने भएकाले ठिक्क योजनाका साथ अघि बढ्दा निराशा हुने छैन् । कुटनीतिक क्षेत्रमा आवद्धहरुलाई सकारात्मक नतिजा आउने छ । शेयर क्षेत्रमा धैर्यता अपनाउनु पर्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement