रु. दुई अर्बले बढ्यो निर्जीवन बीमा व्यवसाय, आर्थिक मन्दीको असर अहिले देखिएनः पौडेल

Advertisement

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमाससम्म ३० अर्ब १ करोड ४८ लाख रुपियाँको व्यवसाय गरेका छन् । उनीहरुले यस अवधिमा गएको आर्थिक बर्षको सोही अवधिमा भन्दा दुई अर्ब २२ करोड बढी व्यवसाय गरेका हुन् । 

निर्जीवन बीमा कम्पनीहरुले गत बर्ष तेस्रो त्रैमाससम्म २८ अर्ब ७० करोड ११ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेका थिए । नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले तेस्रो त्रैमाससम्मको रिपोर्टमा आर्थिक मन्दीको असर निर्जीवन बीमा नदेखिएको बताए । 

Advertisement

उनले भने, ‘आर्थिक मन्दीको असर देखिएला भन्ने अनुमान गरिएको थियो । त्यस्तो भएन । कोरोना महामारीको बेलामा पनि बीमा क्षेत्रको व्यवसाय घटेको थिएन । यसबाट केही हदसम्म बीमामा आकर्षण बढ्दै गएको बुझ्न सकिन्छ ।’

यस बर्ष गएको चैत मसान्तसम्म सबैभन्दा धेरै बीमाशुल्क शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । शिखरको बीमाशुल्क चार अर्ब १५ करोड ४८ लाख रुपियाँ रहेको छ । त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । उसले तीन अर्ब ४८ करोड १३ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रो स्थानमा सिदार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले तीन अर्ब ३५ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेको छ । 

हेर्नुस् कुन बीमा कम्पनीको बीमाशुल्क कति ?

Advertisement

Advertisement