विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धनका लागि राष्ट्र बैंकद्धारा प्रभातफेरीको आयोजना

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार राजधानीमा ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी– २०८०’ आयोजना गर्यो । विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ राष्ट्र बैंकले यो कार्यक्रम गरेको हो । 

प्रभातफेरी कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहनको निम्ति सरोकारवाला सबैलाई आग्रह गरे । 

Advertisement

दरबारमार्गबाट सुरु भएको प्रभातफेरी भद्रकाली, शहिदगेट, जमलबाट पुनः दरबारमार्ग हुँदै नारायणहिटी सङ्ग्रहालय, नारायणचौर, प्रहरी नक्साल, भाटभटेनी हुँदै बालुवाटारस्थित बैंक परिसरमा पुगेर समापन भएको थियो ।

डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विप्रेषण कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाका प्रतिनिधि, राष्ट्र बैंकका कर्मचारी गरी छ सयभन्दा बढीको सहभागिता रहेको यो कार्यक्रम चालु आर्थिक बर्षको मौद्रिक नीतिमा यस वर्षलाई ‘विद्युतीय भुक्तानी प्रवर्द्धनवर्ष’ को रूपमा मनाउने घोषणा गरिएअनुसार आजको कार्यक्रम आयोजना गरेको बताएको छ । 

Advertisement

Advertisement