दूना टपरीका अधिकांश ग्राहक पूजा पसल र नेवारी समुदाय हुन्ः महिला उद्यमी आचार्य

Advertisement

काठमाडौं । राजधानीको कलंकीमा विगत चार बर्षदेखि ‘स्विचाटार दूना टपरी हाउस’ सञ्चालनमा छ । यो उद्योग सुशीला आचार्यले १५ लाख रुपियाँ लगानीमा सुरु गरेकी हुन् । 

उद्योगमा छ जना महिलाले रोजगारी पनि पाइरहेका छन् । सालको पातबाट बनाइने दूना टपरी ४५ रुपियाँदेखि ३२० रुपियाँसम्मको प्याकेटमा बिक्री हुन्छ । एउटा प्याकेटमा ४० देखि ५० पिससम्म दूना टपरी हुनेगर्छ । यस व्यवसायबाट आफूले मासिक छ लाख रुपियाँ जतिको व्यापार गर्ने गरेको आचार्यले सुनाइन् । 

Advertisement

उनले उद्योगबाट साना–ठूला गरी आठ प्रकारका दूना टपरी उत्पादन गर्न मेसिन राखेको बताइन् । सालको पात भने आचार्यले चितवन, धादिङलगायतका ठाउँबाट ल्याउने गरेकी छन् । उनले भनिन्, ‘सिजनमा सालको पात टिप्न ६० जनासम्मलाई रोजगारी दिने गरिएको छ ।’

‘स्विचाटार दूना टपरी हाउस’का उत्पादन प्रायः सबै काठमाडौं उपत्यकाभित्रै खपत हुने गर्छ । पूजा पसल र नेवारी समुदाय आचार्यका मुख्य ग्राहक हुन् । ठूला थोक व्यापारी र डिलरलाई बिक्री गर्दा साना खुद्रा व्यापारीलाई असर पर्ने र उधारो उठाउन पनि गाह्रो हुने सुनाउँदै उनले सोही कारण सिधै ग्राहकलाई नै बिक्री गर्दै आएको बताइन् । 

आचार्यको उद्योगबाट दैनिक दुई हजारदेखि पाँच हजार पिस दूना टपरी उत्पादन हुने गरेको छ । मेसिन सुस्त चल्ले हुँदा उत्पानमा समय लाग्ने गरेको उनको भनाई छ । दूना टपरी बनाउने मेसिनले विद्युत पनि धेरै खपत गर्ने आचार्यले गुनासो गरिन् । 

दूना टपरी उत्पादन गर्दा मेसिनले वातावरण र मानव स्वास्थ्यलाई कुनै असर नगर्ने उनले दावी गरिन् । उद्यमी आचार्यले व्यवसाय गनै नेपालमा सहज नरहेको अनुभव सुनाउँदै उद्योग चलाउन कुनै सरकारी निकायबाट साथ र सहयोग नपाएको गुनासो गरिन् । आचार्यले भनिन्, ‘आफैले संघर्ष गर्नुपर्छ । यहाँ कसैले हेर्ला र साथ पाइएला भन्ने छैन् । दूना टपरी उत्पादन गर्न बाहिर देखे जस्तो सहज छैन् । यसको लागि धेरै खटिनुपर्ने हुन्छ । जति दुःख गरेर चलाउने उद्योग भए पनि यसको मूल्यांकन गर्ने कोही छैन् ।’ 

साथै, उनले सातको पात कति मात्रामा सुकाउने ? कसरी भण्डारण गर्ने ? भन्ने कुरा ख्याल गर्नुपर्ने बताइन् । कति मात्रामा सुकाएपछि मेसिनमा राख्न मिल्ले ? भन्ने कुराको पनि ज्ञान हुनुपर्छ भन्दै आचार्यले दूना टपारी सिन्काले गाँसेपछि आकार दिनको लागि मेसिनमा राखिने जानकारी दिइन् । 

कहिले पात सुकाएर राख्दा, कहिले ल्याउँदा कुहिने आचार्यले सुनाइन् । उनले सिजनमा सालको पात भण्डारण गर्न नसके पातको अभावले काम ठप्पै हुने भएकाले बेलैमा पात भण्डार गर्न आफूहरुलाई चटारो हुने बताइन् । 

Advertisement

Advertisement