सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ बढ्यो, एक लाख १० हजारमा कारोबार

Advertisement

काठमाडौं । आइतवार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपिायाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement